नेपाल भयंकर ठूलो संकटमा, संकट अनिश्चितकालसम्म लम्बिने मोदीले दिए शंकास्पद वक्तव्य (भिडियो सहित)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भयंकर कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै यो कठिन अवस्था अनिश्चितकालसम्म लम्बिने बताएका छन् । माेदीले वुद्ध पूर्णीमाको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालको राजनीतिक अस्थिरतामाथि टिप्पणी गरेका हुन् ।

मोदीले हिन्दी भाषामा सम्बोधन गरेको भिडियो समेत युटुवमा सार्वजनिक भएको छ । ३१ मिनेट ११ सेकेन्डको भिडियोको सुरुवातमै नेपालबारे टिप्पणी गरिएको छ ।

मोदीले भनेका छन्, ‘आज हामी यसरी एक ठाउमा जम्मा भएका छौँ । यो त्रिकोण हो, त्रिवेणी हो । बुद्धले सम्बोधी प्राप्त गरेको दिनको सम्झनामा बुुद्ध पूर्णीमा दिवस मनाउँदै छौँ ।

जस धर्तीमा भगवान् बुद्धको जन्म भयो । उ हाम्रो प्यारो नेपाल अहिले भयंकर ठूलो संकटबाट गुज्रिरहेको छ । यो यात्रा कति भयंकर हुन्छ त्यसको कल्पना गर्न कठिन छ ।’

मोदीले अगाडि भनेका छन्, ‘कति लामो समयसम्म नेपालका पीडित बन्धुहरुले यस यात्रासँग जुध्नु पर्ने हो । यसको समेत अन्दाज गर्न कठिन छ ।’ यद्यपि, भगवान् बुद्धले जो करुणाको सन्देश दिनु भएको छ । विश्वका मानव जातीका लागि त्यो करुणाको जीउने एक मौका हुनेछ, मोदीले सम्बोधनमा भनेका छन् ।

उनले अगाडि उल्लेख गरेका छन्, ‘त्यही करुणाबाट प्रेरित भई नेपालका पीडित बन्धुहरुका दुःख, दर्द बाडँनु छ । आँशु पुछ्नु छ । र, उनीहरुलाई समेत एक नयाँ शक्ति प्राप्त होस् ।

यसका लागि पनि हामी आज भगवान् बुद्धको चरणमा परेर प्रार्थना गरिरहेका छौँ ।’ मोदीले नेपाल अाेबीअाेअारमा जाेडिनुलाई राम्राे मानेका छैनन् ।

शुक्रबार मात्रै नेपालले चीनको ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेकाे छ । भारतले ओबीओआरमा हस्ताक्षर नगर्न दबाब दिँदै आएको थियो ।

शुक्रबार बिहान परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाश शरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदाश बैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङ्ले ओबीओआरको सम्झौतामा हस्ताक्षर गरेका हुन् । – नया बाटो बाट साभार गरिएको

https://youtu.be/GbEsJfvL0CQ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖