मतदान गर्न राजधानीबाट बाहिरिनेहरु बढेसँगै सवारी धनीले मनपरी भाडा असुले, यस्तो छ यात्रुहरुको आक्रोश (भिडियो सहित)

काठमाडौं, बैशाख ३० । भोली(आइतबार) हुने स्थानीय निर्वाचनमा मतदान गर्न राजधानी काठमाडौंबाट बाहिरिनेहरु बढेसँगै सवारी धनीले मनपरी भाडा असुलेका छन् ।

अघिपछिको भन्दा बढी भाडा असुल गरिएपछि सर्वसाधारण भने मर्कामा परेका छन् ।

काठमाडौंको माछापोखरी बाईपासमा चुनावमा मतदान गर्न जानेहरुको भीड बढेसँगै सवारीसाधनले मनपरी भाडा असुल्दा सर्वासाधरण भने विरोध गरिरहेका छन् ।

लामो समयपछि हुन लागेको चुनावमा मतदान गर्न जानका लागि सर्वसाधारण बिहानैदेखि बसपार्क तथा ट्याक्सी स्टेनहरुमा पुग्दा भाडा बढेको भन्दै व्यवसायीहरुले चर्को भाडा असुली रहेका थिए ।

मुख्य गरी नयाँबसपार्क, गोगंबु, माछापोखरी, कोटेश्वरलगायतका क्षेत्रबाट बाहिरिने गाडी र माइक्रोले मनपरि भाडा असुलेका हुन् ।

भोट हाल्न जानेहरुलाई भने गाडी नपाईने डरले भनेजति भाडा दिनुपर्ने बाध्यता थियो । राजधानीबाट नुवाकोट भोट हाल्न जानेहरुको लर्को यसपटक लामै थियो ।

धेरैजसो केटाकेटी बोकेर गाडीको खोजीमा भौतारिएका थिए । लामो समयपछि हुन लागेको चुनावमा सर्वसाधरणको उत्साह ह्वात्तै बढेको छ ।

धादिङ, चितवन, तनहुँ, कास्कीलगायतका जिल्लामा भोट हाल्न जानेहरु शनिबार पनि राजधानीबाट बाहिरिइरहेका थिए ।

तर, मतदान गर्न जानेहरुको चार बढेपछि सम्बन्धित निकायले सवारीको व्यवस्था गरिदिन नसक्दा सर्वसाधारणको बिजोग भएको छ ।
हेर्नुहोस् ईमेजखबरको यो भिडियो रिपोर्ट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।