विप्लव नेतृत्व माओवादी कार्याकर्ताले चितवनको विभिन्न ठाउँमा बम राखेपछि…

चितवन । बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पाटिले भरतपुरको बिभिन्न ठाउँमा राखेको बम नेपाली सेनाले निष्कृय गराएको छ ।

भरतपुरको केन्द्रिय वस टर्मीनल पछाडी कांग्रेस सम्पर्क कार्यालय नजिक भेटिएको प्रेसर कुकर वम र चितवन मेडिकल कलेज अगाडीको सडकमा राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।

डिस्पोजका पस्चात साढे २ लिटरको कुकरमा ढुंगा,वालुवा र तार भरेर राखेको भेटिएको र अर्को स्र्टीलको सानो आकारको ट्यामीमा तारहरु र केही पटकाहरु राखिएको भेटिएको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।

बम नक्कली भएको उनी बताउँछन् । बोरामा खतरा लेखेको भेटिएपछि सेनाको डिस्पोजल टोलीले सो क्षेत्र घेरा हालेर सुरक्षितका साथ डिप्पोज गरेको हो । सो खतरा लेखिएको वस्तु राख्नमा संलग्नहरु पहिचान भैसकेको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।

उनले सो कार्यमा संलग्न विप्लव समुहका नारायण न्यौपाने,अटल श्रेष्ठ, विलोचन शर्मा ,विमल पौडेल,नवराज पौडेललाई प्रहरीले खोजी गरिरहेको वताए ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २३ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएर मुद्धा चलाइसकेको छ ।त्यस्तै नेपाल कम्युनिष्ट पाटिले गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि परेको छ । बजार तथा कलकारखाना सबै बन्द छन् भने सवारी साधन पनि चलेका छैनन् । बजार र राजमार्गमा शुरक्षा ब्यवस्था भने कडा पारिएको छ ।

निर्वाचनको पुर्व सन्ध्यामा गरिएको बन्दले सुरक्षा ब्यवस्थालाई चुनौति दिएको छ – न्यूज24बाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।