यसकारण पूर्वराजा ज्ञानेन्द्र शाहले कमल थापालाई विश्वास गदैनन्…

काठमाडौं, ३० बैशाख । केही समय अघि सम्म राप्रपालाई राजावादीको संज्ञा दिइन्थ्यो । त्यसमा कमल थापा पूर्वराजा ज्ञानेन्द्रका नजिकका मानिन्थे तर पछिल्लो समय राजा र राप्रपाको दुरी छिन्नभिन्न भएको छ ।

यसर्थमा भनौं, राजाले आफ्नो विशेष कार्यमा मात्रै अन्य दललाई जस्तै राप्रपा र कमल थापालाई निम्तो दिन्छन् तर अरु बेला बास्तै गदैनन् । आखिर किन यसरी दुरी बढ्यो ? के राप्रपामा विचलनवाद पस्दा यस्तो भएको हो त ?

यस विषयमा जानकारहरु भन्छन्, पछिल्लो समय राप्रपा र त्यसका अध्यक्ष कमल थापा पूर्वराजाको विश्वासबाट गुम्नुमा उनको दरिद्र स्वभावनै भएको बताउछन् । अध्यक्ष कमल थापाले कुर्सी र पैसाको पछि लाग्दा यस्तो भएको जानकारहरुको तर्क छ ।

प्रचण्ड सरकारबाट बाहिरिएपछि त झन् यतिबेला थापा दरवार र दलहरु दुवैको नजरमा अविस्वाशिला सावित भएका छन् ।

राजसंस्था र हिन्दु राज्यको एजेण्डाबाट संसदमा चौथो ठुलो दलको मान्यता पाउन सफल भएका थापाले पछि राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण गरेका थिए ।

पहिला २४ सासंद भएको थापाको पार्टी राप्रपासँगको एकीकरणपछि ३७ बन्यो । यो सांसद संख्याका कारण थापाको पार्टीको महत्व र आवाश्यकता नेपाली राजनीतिमा बढ्ने नै भयो ।

त्यहि महत्वका कारण उनले पहिला भन्दै आएको ‘हिन्दुराष्ट्र र संबैधानिक राजसंस्था’ जस्ता एजेण्डालाई कम महत्व दिँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर अघि बढ्ने नीति नै बनाए ।

जुन कुराको कार्यकर्ताबीच अहिले चर्चाको विषय समेत बन्ने गरेको छ भने सोहि कारण उनको तीब्र आलोचना समेत हुँदै आएको छ । गणतान्त्रिक सरकारतर्फ आकर्षित भएसँगै थापाको पुर्व राजा ज्ञानेन्द्र शाह अर्थात निर्मल निवाससँगको सम्बन्ध बिग्रिएको आंकलन गरिएको छ ।

थापाले राजसंस्थाको एजेण्डालाई महत्व नदिएपछि पुर्व राजा ज्ञानेन्द्र शाहका सल्लाहाकारहरुले थापामा अवसरबादी चरित्र भएका कारण उनीबाट राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा वकालत भए झन् बद्नाम हुने भन्दै उनको साथ छाडेको नै राम्रो हुने सुझाव समेत ज्ञानेन्द्र शाहलाई दिएको बताइन्छ ।

केही साताअघि राप्रपाका सांसदहरुले विद्रोह गर्दा पूर्वराजाको हात रहेको भनि थापाले पार्टी बैठकमा बताएको समाचार सार्वजनिक हुनुलाई पनि उनको तत्कालिन दरबारसँग सम्बन्ध बिग्रिदै गएको अवस्थालाई बुझ्न सकिन्छ ।

मुलत: पूर्वराजा ज्ञानेन्द्र शाहले थापालाई विश्वास नगर्नुका कारण दुई प्रमुख कारण राजसंस्थाको एजेण्डा छाड्नु, संघीय लोकतान्त्रिक गणतन्त्र विमतिसहित स्वीकार्नु नै रहेको बताइन्छ ।

यसरी कमल थापा र पूर्वराजा बिचको सम्बन्ध धुव्रिकरणमा उन्मुख छ । अबको दिनमा सम्बन्ध कस्तो हुने हो त्यो हेर्न बाँकी छ । अभियानबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।