‘भोट नदिए उढाईदिन्छु भन्दै ‘माओवादी कार्यकर्ता हतियार तेर्साएर’ हिँडेका छन् !’
दोलखाबाट पत्रकार गणेश बस्नेत इन्बक्स गर्नुहुन्छ । यहाँ त माओवादीको आतंक अझै सकिएकै छैन । लाग्छ त्यो बेलाको नरसंहारकारी शसस्त्र द्धन्द अझै अन्त्य भएको छैन ।

उनीहरुका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुलुकको प्रधानमन्त्रीको हैसियतमा सिंहदरबारमा विराजमान छन् । तर नेता कार्यकर्तामा हतियारको धङ्धङे अझै छुटेको छैन ।
इन्बक्समा थप प्रष्ट्याउदै पत्रकार बस्नेत तस्विर पठाउनुहुन्छ र लेख्नुहुन्छ । यो तस्विर हिजो शुक्रबार खिचिएको हो ।
तस्विरमा देखिएका माओवादीहरु आङदोर्जी शेर्पा, छेतर शेर्पा र फुर्गेल शेर्पा हुन । उनीहरु दोलखाको गौरीशंकर गाँउपालिका ९ मा हतियार देखाउदै तर्साउँदै हिडिरहेका छन ।
माओवादीलाई भोट नदिए उढाईदिने भन्दै हतियार तर्स्याउदै हिँडेका दृष्य वास्तविक हुन् । प्रहरी प्रशासन खै कहाँ छ ? मलाई प्रश्न गर्न मन लागेको छ, पत्रकार बस्नेत लेख्नुहुन्छ ।
पत्रकार बस्नेत प्रेस चौतारी नेपालका केन्दीय अध्यक्ष तथा गौरीशंकर गाँउपालिकाका स्थानिय समेत हुनुहुन्छ ।


