नेपाली कांग्रेसका मेयरका उम्मेदवारले भने, “आज घामभन्दा बढी बादल लागेको छ, रुखका पातहरु हरिया देखिन्छन्”

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका उम्मेदवार कांग्रेसका राजुराज जोशीले कांग्रेसको जीत निश्चित भएको दावी गरेका छन् ।

मेयरका लागि दाबेदार रहेका कांग्रेस उम्मेदवार राजुराज जोशीले १९ नम्बर वडाको यट्खाबहाल केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछी अर्थ सरोकार डटकमसँग संछिप्त कुराकानी गर्दै उनले भने, ‘कांग्रेसको जीत निश्चित छ। अव बिजयी उत्सव मनाउन धेरै समय छैन ।’

मतदानपछी मतदानस्थलमा आइपुगेका केहिसँग कुराकानी गर्दै उनले ठट्यौली पारामा आफ्नो पार्टीको जीत निश्चित भएको दावी गरे । एमाले कार्यकर्ताले आज सन् डे (आइतबार) भएको प्रति लक्षित गर्दै उनले भने, ‘आज घामभन्दा बढी बादल लागेको छ, रुखका पातहरु हरिया देखिन्छन् ।’

काठमाडौं महानगरपालिकामा एमाले र नेपाली कांग्रेसवीच तीव्र प्रतिस्पर्धा हुने धेरैको अनुमान छ । सर्वोत्तम डंगोल, किशोर थापा, पवित्र बजाचार्य र रञ्जु दर्शनाको मतले यी दुई दललाई प्रभावित पार्ने अनुमान गरिँदै आएको छ । – अर्थ सरोकार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।