पूर्वकी रानी र महानायक राजेश हमाल यसरी रमाए मायामा – हेर्नुहोस् भिडियो सहित
आलोक चाम्लिङको "मायाले हो" सार्वजनिक
नेपाली साङ्गितिक क्षेत्रका एक प्रतिभावान गितकार आलोक चाम्लिङ राईले लगातार नेपाली संगित क्षेत्रमा रहेका सबैखाले गित संगित प्रेमीहरुको लागि खुशिको सन्देश दिदै आएका छन । उनको लगातार अजम्बरी माया, जय जय नेपाल, किरातीहरुको साकेला, लगत्तै चाम्लिङको गीत “मायाले हो” युट्युबमा सार्वजनिक भएकोछ ।
आलोकको मन छुने शब्द पावल चाम्लिङ राईको संगीत मनोजराज र दिपा लामाको आवाजमा रहेको गीत मायाले हो को म्युजिक भिडियोलाई उत्सव दाहलको छायाङ्कन तथा शासन कडेलको निर्देशन रहेकोछ।
म्युजिक भिडियोमा पूर्वकी रानी मोडल मिना मादेन र महा नायक राजेश हमालको अभिनय देख्न सकिन्छ। निसान घिमीरेको सम्पादन रहेको यस गीतलाई रंग नेपालले सार्वजनिक गरेको हो।

