भोट हालेर केपी ओलीले मतपत्र पट्याउन नजानेपछि…

देशको दोस्रो ठुलो दल तथा प्रतिपक्ष पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार स्थानीय तहको निर्वाचनका लागि भक्तपुरको सूर्यविनायक नगरपाकिाल वडा नम्बर २ को बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका ओलीले मत खसाल्दा देखिएको मतपत्रको अवस्था हेर्दा भने उनलाई मतदाता शिक्षाको कमी रहेको जस्तो देखिन्छ ।

त्यसैपनि अन्य मतदाताहरुले अहिलेको मतपत्र जटिल भएको भनेर गुनासो गरेका छन् । धेरैजसो सर्वसाधारण मतदाताले भोगेको समस्या एमाले अध्यक्ष ओलीले पनि भोगेको उनले मतपेटीकामा मतपत्र खसाल्दा खिचिएको फोटो हेर्दा देखिन्छ ।

तस्वीरमा राम्रोसँग हेर्नुभयो भने ओलीले मतपत्र पट्याउन नजानेको प्रस्टै देख्न सकिन्छ । निर्वाचन आयोगले दिएको शिक्षाअनुसार आफूलाई मनपरेको उम्मेदवारको चुनाव चिह्नमा मतदान गरिसकेपछि मसी नलतपतिने गरी मतपत्र पट्याउनु पर्छ । त्यो बेला मतपत्रमा भएका चुनाव चिह्नहरु मतपत्रको भित्रि भागमा पर्नुपर्छ । आयोगले भनेअनुसार चुनाव चिह्न भित्र पर्ने गरी ९सुल्टो तरिकाले० मतपत्र पट्याउनुपर्ने हो ।

तर, एमाले अध्यक्ष ओलीले पट्याएर मतपेटीका खसाल्न लागेको मतपत्रमा भने बाहिरै चुनाव चिह्न देखिन्छ । निर्वाचन आयोगका एक अधिकारीका अनुसार ओलीले जस्तो गरी मतपत्र पट्याउनु मतदाता शिक्षाको कमी हुनु हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।