चितवनको भरतपुरमा कुरा मिल्यो, कांग्रेस-माओवादीको दुवै चिन्हमा परेका मत बदर हुने

चितवन, १ जेठ । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा कांग्रेस र माओवादी केन्द्रको दुबै चिन्हमा परेका मत बदर गर्ने सहमतिपछि मतदान सुरु हुने भएको छ ।

कांग्रेससँगको चुनावी तालमेलपछि मेयर पदमा उठेकी प्रचण्डपुत्री रेणु दाहाललाई धेरै मतदाताले मत नदिई रुख चिन्हमा नै मत हालेको आशंकामा माओवादी केन्द्रले ती मत आफ्नोमा गन्नुपर्ने माग गरेपछि उत्पन्न विवाद बदर गर्ने समझदारीपछि साम्य भएको हो ।

माओवादी केन्द्रले ती मत आफ्नो पक्षमा गणना हुनुपर्ने भनेपछि सर्वदलीय बैठकमा विवाद भएको थियो । अन्य सबै दलले उक्त प्रस्ताव अस्वीकार गरेका थिए । विवादका कारण मतगणनामा ढिलाइ भएको थियो ।

एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलका अनुसार माओवादी केन्द्रका प्रतिनिधिले कांग्रेस र माओवादी केन्द्र दुवैको निर्वाचन चिन्हमा परेको मत सदर हुनुपर्ने माग राखेपछि मतगणनामा ढिलो भएको हो ।

उनका अनुसार अब केहीबेरमा मतगणना सुरु हुने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।