मतगणना जारी रहँदा कास्कीमा गिलास बम
कास्की। सोमबार मतगणना जारी रहँदा कास्कीमा गिलास बम फेला परेको छ। पोखरा लेखनाथ महानगरपालिका-३१ नजिकै चौरमा चिया खाने स्टिलको गिलास भित्र बारुद राखेर बनेको बम फेला परेको हो।

बारूद भरिएको गिलासमा रेशमी तार जोडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
स्थानीयले खबर गरेपछि प्रहरी टोलि पुगेको थियो। प्रहरीले नेपाली सेनाको टोली बोलाएर उक्त बम निष्क्रिय गरेको जनाएको छ।


