१-२ रुपैयाँ विना कारण काट्छ एनसेल, बिलिङमै हुन्छ हिनामिना, कर छल्ने अर्को तरिका यस्तो छ

काठमाडौँ – एनसेल । नेपालमा टेलिकम सुविधा दिइरहेका निजी कम्पनीहरुमध्ये अग्रणी कम्पनी । अझ एनसेलले दिएका अफरहरु हेर्ने हो भने त निकै लोभलाग्दा छन् । विदेशमा आफन्तलाई फोन गर्न होस् वा प्रेमी / प्रेमिकासँग रातभर कुरा गर्न होस्, एनसेलले विभिन्न खालका स्किमहरु ल्याएको छ । र एनसेलका यी स्किमहरुलाई धेरै सस्तो भनेर प्रयोग पनि गर्छन् । तर एनसेल भित्रको वास्तविकता अर्कै छ । वास्तविक तथ्य केलाउने हो भने एनसेलको कुनैपनि ‘अफर’ वा स्किम सस्तो छैन । हुन पनि एनसेलले आफ्नो ब्रान्डीङ यसरी गरेको छ कि एनसेलले ठग्छ भन्ने कुरा सहज रुपमा पत्याउने ग्राहकहरु छैनन् । त्यसमाथि २-३ रुपैयाँ ठगी नै हाल्यो भनेपनि त्यसको पछी लाग्ने फुर्सद र चाहा दुवै छैन ग्राहकहरुसँग !

एक- दुइ पैयाँ विना कारण काट्छ एनसेल !
दिनमा एक दुइ रुपैयाँ विना कारण एनसेलले काट्ने गरेको छ । तपाईंको मोबाइलमा जति धेरै कुरा हुन्छ वा कुरा गर्दा पैसा सकिन्छ, त्यहि अनुसारले पैसा काट्छ एनसेल । तर तपाईंले कुरा गर्नु भएन वा एकदम कम कुरा गर्नुभयो भने एनसेलले विनाकारण पैसा कात्दैना । जुनदिन लामो कुरा गर्नुहुन्छ, त्यहि दिन एनसेलले पैसा काट्छ । तपाईंले होसियारीपूर्वक यो तथ्यको छानविन गर्नुभयो भने आफैं थाहा पाउनुहुनेछ । कम्पनीले करिब १ करोड ४० लाख मध्ये दैनिक ५० लाख ग्राहकको ब्यालेन्स एनसेलले यसरी काट्ने गरेको छ र जसबाट उसले दिनहुँजसो करोडौं रुपैयाँ आफ्ना ग्राहकबाट ठग्ने गरेको छ ।

बिलिङमै हुन्छ हिनामिना !
अझ करको मामलामा राज्यलाई तिर्ने लाभकार मात्र होइन, उसले धेरै खालका करहरु छल्ने गरेको छ । राज्यका विविध संयन्त्रलाई बसमा पारेर उसले यस्तो धन्दा चलाईरहेको छ । ठुलो कम्पनीले एक दुइ रुपैयाँ ठगी गर्दैनन् भन्ने ग्राहकको विश्वासमाथि उसले विश्वासघात गर्ने गरेको छ । करिब १ करोड ४० लाख ग्राहक रहेको एनसेलले दैनिक ५० लाख गाहकको बिलिङ तल माथि गर्ने गरेको र त्यसवापत उसले दिनमै करोडौं पैसा कुम्ल्याउने गरेको स्रोतको दावी छ ।

कर छल्ने अर्को तरिका यस्तो छ :
एनसेलका सिममा एनसेल नेपाललाई संचालन गरिरहेको आजियाटा नेटवर्कभित्रबाटमात्रै कल आउँदैन । नेपालमा प्रयोग हुने एनसेलका सीमामा युरोप, अमेरिका लगायत विभिन्न देशबाट समेत फोन आउँछ । त्यसरी विदेशबाट नेपालमा रहेको कम्पनीको मोबाइलमा कल आउँदा ति विदेशी कम्पनीले एनसेललाई निश्चित रकम बुझाउँने गरेका छन् । तर यो रकमको कुनै हिसावकिताव हुँदैन । यस्तो हिसावकिताव न दुरसंचार प्राधिकरणले राख्छ, न आन्तरिक राजश्व विभागले यो हिसाब खोज्छ । यसको हिसाब त एनसेलले मात्र राखेको हुन्छ तर गोप्य रुपमा । यतिसम्मकी आन्तरिक लेखापरिक्षणका समयमासमेत यो हिसाव देखाईदैन । यसरी छलेको रकम उसले आजियाटामा पठाउने गरेको छ । सरकारलाइ तिर्नुपर्ने कर यहाँबाट पनि छली हुन्छ ।

सबैतिर सेटीङ !
एनसेलले सबैतिर सेटीङ मिलाएको छ । यतिसम्मकी एनसेलले नियामक संस्था नेपाल दुरसंचार प्राधिकरणमा समेत पैसा खुवाउने गरेको स्रोतको दावी छ । कर छल्नका लागि कर कार्यालय, अर्थ मन्त्राल र सत्तामा रहेकाहरुअलाई उसले मोटो रकम खुवाउने गरेको स्रोतको दावी छ । यसको विरोध नगरुन भनेर उसले विभिन्न पार्टीका भातृसंगठनहरुलाई समेत रकम खुवाउने गरेको स्रोतको दावी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।