स्थानीय निर्वाचनपछि जसको साख समाप्त भयो !

स्थानीय निर्वाचनको पहिलो चरणमै माओवादी केन्द्र र राप्रपाको हैसियत सतहमा आएको छ । न जनयुद्धको धङधङे काम लाग्यो, न हिन्दू धर्म र राजतन्त्रको नारा नै । हिन्दु, राजसंस्थाको मुद्दामा राप्रपामा विचलन, कमल थापाको कहिले खुल्ने होस् ?

जनताले दुबैलाई पत्याएनन् । माओवादी केन्द्र एकाध त्यति महत्व नपाउने स्थानमा जित्दै र अग्रता हासिल गर्दैछ । राप्रपाको त बीउ पनि नबच्ला जस्तो छ ।

स्थानीय निर्वाचन यी दुबै पार्टीका लागि पाकेको बाली भित्र्याउने बेलामा असिना परेसरह हुनपुग्यो ।

प्रचण्डले त पार्टी कति कमजोर भइसकेछ भन्ने अनुभूति गरे र भरतपुर नगरमा एउटी छोरीलाई जिताउन पनि धौ–धौ अवस्था देखेर आँखाबाट आँसु नै झारेको बताइन्छ ।

यही मानसिक धक्का लागेर प्रधानमन्त्रीपदबाट राजीनामा दिने घोषणासमेत गरिसकेका छन् प्रचण्डले । प्रचण्ड–देउवाको होस् कहिले खुल्ने ?

कमल थापाले आफ्नो पार्टीपंक्ति इमान्दार नभएको, नेताहरु चुनाव जित्न जिताउन नखटिएकोमा पार्टी कार्यालयमा पुगेर आक्रोस नै पोखेको समाचार छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।