उम्मेद्वारको छोरालाई पेस्तोलसहित पक्रने एसपी माथि गृहमन्त्री निधिले चलाए डण्डा !

धादिङ ३ जेठ । धादिङका एसपी शरद खत्रीमाथि गृहमन्त्री विमलेन्द्र निधिले डण्डा चलाएका छन् ।

धादिङको खनियाँबास गाउँपालिकाका अध्यक्षका उम्मेदवार रणबहादुर तामाङका छोरा युल तामाङलाई हतियारसहित पक्राउ गरी थुनामा राख्ने एसपी स्वंयम कारबाहीमा परेका हुन् । चाइनिज पेस्तोलसहित पक्राउ परेका युललाई छाड्न नमानेपछि एसपी खत्रीलाई गृहमन्त्रीको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

वैशाख २९ गते युलको साथमा पेस्तोल फेला परेको थियो । खनियाँबास–५ स्थित बसलादेवि मतदान केन्द्र बाहिर चेकजाँचको क्रममा तामाङ्गको साथमा पेस्तोल र तिन राउण्ड गोली फेला परेपछि एसपी खत्रीले हातहतियार तथा खरखजना ऐन अनुसार मुद्दा अगाडि बढाएका थिए । – न्युज सेवाको सहयोगमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।