प्रचण्ड पुत्री रेणु दाहालबारे देउवाको भविष्यबाणी : ‘अब रेणु अगाडि आउँछिन्, ५ देखि १० हजारले जित्छिन्’

‘तपाईं ढुक्क भएर बस्नुस् । अहिलेसम्म गणना भएको क्षेत्र रामचन्द्र पौडेल वालाहरुको हो’

काठमाण्डौं । काँग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल गुटले धोका दिएका कारण चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार प्रधानमन्त्री पुत्री रेणु दाहालभन्दा एमाले उम्मेदवार अगाडि भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रारम्भिक चरणको मतगणना परिणाम हेर्दा चुनावी तालमेलप्रति काँग्रेस इमान्दार हुन नसकेको भन्दै असन्तुष्टि पोखेपछि देउवाले त्यस्तो जवाफ दिएको बालुवाटार स्रोतले बतायो ।

भरतपुर महानगरमा हालसम्म ४ वटा वडाको मतगणना सकिँदा रेणु एमाले उम्मेदवार देवी ज्ञवालीभन्दा १८ सय मतले पछाडि छिन् । ज्ञवालीको ६ हजार ७ सय ३५ र रेणुको ४ हजार ९ सय ८७ मत छ । करिब ४० प्रतिशत काँग्रेस मतदाताले मेयरमा ज्ञवालीलाई मत दिएको पाइएको छ ।

१० हजारभन्दा बढी मतगणना हुँदा काँग्रेसका मतदातामध्ये ४० करिब प्रतिशतले ५ छाप रुखमा र दुई छाप (मेयररउपमेर) मा सूर्यमा मत दिएको भेटिएको हो । मतदातको यही टे«न्ड कायम रहे भरतपुरमा एमालेको जित पक्कापक्की जस्तै छ ।

तर, देउवाले प्रचण्डलाई भने रेणु जित्नेमा निश्चितन्त हुन आग्रह गरेका छन् । हालसम्म मतगणना सकिएका १ देखि ४ वडामा रामचन्द्र पौडेल गुट बलियो रहेकाले सो गुटले पार्टी केन्द्रको निर्णयविपरीत एमाले उम्मेदवारलाई मत दिएको दाबी देउवाको छ । अब मतगणता हुने ६ देखि १२ वडासम्म (बजार क्षेत्र) मा आफ्नो समूह बलियो रहेको र ती वडाबाट अधिकांश काँग्रेस मतदाताले रेणुलाई भोट दिएको भन्दै देउवाले प्रचण्डलाई कन्भिन्स गर्न खोजेका थिए । देउवाको दाबीमा पत्याउने आधार भने छ ।

कारण हालसम्म १, ३ र ४ नम्बर वडाको अध्यक्षमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । २ नम्बर वडा अध्यक्षमा मात्र एमालेले जितेको छ । स्रोतका अनुसार देउवाले रेणुले ५ देखि १० हजार मतले जित्ने दाबी गरेका छन् । ‘तपाईं ढुक्क भएर बस्नुस् । अहिलेसम्म गणना भएको क्षेत्र रामचन्द्र पौडेल वालाहरुको हो’, अब हाम्रा साथीहरु भएको वडामा गणना हुँदा रेणु अगाडि आउँछिन्, ५ देखि १० हजारले जित्छिन् ।’ प्रचण्डले भने तालमेल गरेर पनि तलसम्म तालमेलको कारण र औचित्यबारे बुझाउन नसकेको भन्दै देउवासँग असन्तुष्टि जनाएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।