‘मुटुमा नाम कोर्छु’ भन्नेले नै धोका दिएपछि सारिका केसीको यस्तो बेहाल (हेर्नुहोस् भिडियो सहित)
बिगत लामो समयदेखि नेपालि लोक गीतको क्षेत्रमा आफ्नो छुटै स्थान बनाएको म्युजिक कम्पनीहरुको नाम गन्तीको अग्र स्थानमा आउछ प्रियशी म्युजिक प्रालि । निरन्तर गीत तथा भिडियो सार्बजनिक गर्ने क्रममा हालै यहि प्रियशी म्युजिकको प्रस्तुतिमा फेरी पनि अर्को एक उत्कृष्ट म्युजिक भिडियो नेपालि लोक बजारमा सार्बजनिक भएको छ ।
लोक गायनको क्षेत्रमा आफ्नो गायन कलाले निकै नै चर्चित गायिकाको परिचय बनाएकी गायिका मुना थापा मगरको सुमधुर स्वरमा सजिएको “मुटुमा नाम कोर्छु भन्नेले” बोलको गीत गाउन मुनालाई अर्का लोक गायक अमृत पुन मगरले साथ दिएका छन् । त्यस्तै गीतमा गायक अमृतकै सब्द तथा संगीत समाबेश रहेको छ भने उक्त गीत तथा भिडियोलाई बबिता पुरी र राजेन्द्र पुरीले बजार व्यवस्थापन गरेका छन् ।
भिडियोमा धोका र बिछोडको पीडालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ भने भिडियोमा बिमल अधिकारी संगै पछिल्लो समय निकै भिडियोहरुमा देखिदै गरेकी मोडल सारिका केसी ले अभिनय गरेकी छिन । काजिश श्रेष्ठको निर्देशन रहेको उक्त भिडियोलाई सागर गौतमले खिचेका छन् भने अविनास डिसी ले सम्पादन गरेका छन् ।

