लोकदोहोरीकै इतिहासमा सबैभन्दा महँगो यस्तो भिडियो बन्यो (हेर्नुहोस् भिडियोसहित )

काठमाडौं, १३ जेठ । नेपाली लोकदोहोरी संगीतकै इतिहासमा सबैभन्दा महँगो भिडियो तयार भएको छ । जसमा पछिल्लो समयकी चर्चित मोडेल आशा खड्का र चर्चित मोडल बिपेश घिमिरेले अभिनय गरेका छन् । नेपाली गीत संगीत जगतमा आधुनिक तथा लोकदोहोरी गरेर सयौ गीतमा अभिनय गरिसकेका यी चचर्चित कलाकारहरुको नेपाली सांगीतिक जगतमा सबै भन्दा महँगो म्युजिक भिडियोमा अभिनय गर्न सफल भएका छन् ।

आम जनमानसमा नेपाली लोकदोहोरीको सबै भन्दा महँगो भिडियो कस्तो बनेको होला भनेर कौतुहलता हुन सक्छ ।म्युजिक नेपालको युटुब च्यानलबाट अहिले साझ सार्वजनिक गरिएको छ । भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियो रिलिज हिजो भएको हो अहिले सम्म २० हजार जना भन्दा धेरैले हेरिसकेको छन । यो स्थिती हेर्दा यो भिडियो भाईरल हुने अपेक्षा गरिएको छ ।

अलि समय अगाडि “नलाउ झुटो पिरती” बोलको गीत नेपाली लोक गीत पारखीहरुको मन मुटुमा बस्न सफल भई सकेको छ भने हाल यसै गीतको भाग २ सार्बजनिक भएको हो । प्रियसी म्युजिक प्रालि को प्रस्तुति रहेको सो गीतलाई बबिता पुरी र राजेन्द्र पुरीले बजार व्यवस्थापन गरिरहेका छन् । “यो गीतमा निकै मेहनत, दुख र समय खर्चेर बनाएको” बताउछन व्यवस्थापन मध्यका एक बबिता पुरी । उक्त गीतमा चर्चित गायिका बिष्णु माझी र गायक राजेश सेनको स्वर रहेको छ भने गीतमा सुनिल केसिले सब्द संकलन गरेका छन् ।

त्यस्तै “नलाउ झुटो पिरती” मा लय भने गणेश अधिकारीको रहेको छ । नयाँ शैली र फरक स्वादमा निर्माण गरिएको भाग २ लाई पनि पहिलो गीत जसरि नै दर्शकले मन पाउनेमा पुर्ण बिस्वासमा छन् अर्का व्यवस्थापक राजेन्द्र पुरी । ३ लाख भन्दा माथिको लगानी रहेको “नलाउ झुटो पिरती–२” लाई उत्कृष्ट पृष्ठभुमीमा व्यवस्थापक रहेकी बबिता आफैले निर्देशन गरेकी छिन । मोडल आशा खड्का र बिपेश घिमिरेको अभिनय रहेको यो भिडयोबाट आशा “नलाउ झुटो पिरती” भाग १ मार्फत ५ औ लोक दोहोरि अवार्ड मा उत्कृष्ट ५ मोडलको नोमिनेसनमा परेकी छिन । मुकेश हुमागाईको छायांकन रहेको भिडियोलाई अभिनास डिसिले सम्पादन गरेका छन् । यो गीत तथा भिडियोलाई प्रियशी म्युजिक ले बजार व्यवस्थापन गरेको छ। पछिल्लो समय यी लोकदोहोरीमा मोडल बिपेश र मोडेल आशाको जोडी निकै रुचाइएको छ ।

https://youtu.be/dBBAFR2Q2ME



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।