राष्ट्रिय खेल भलिबललाई बजेट खै

काठमाडौँ, १५ जेठ । सरकारले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि रु दुई अर्ब २४ करोड विनियोजन गरे पनि भर्खरै राष्ट्रिय खेल घोषणा भएको भलिबलको नामसम्म उच्चारण भएन ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा आव २०७४÷७५ का लागि गरिएको बजेट वक्तव्यमा क्रिकेट र फुटबललाई लोकप्रिय खेल भन्दै मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने तथा देशका आठ स्थानमा निर्माणाधीन क्रिकेट मैदान निर्माणलाई निरन्तरता दिने उल्लेख गरे पनि भलिबलका बारेमा केही बोल्नुभएन ।

मन्त्री महराले भन्नुभयो, “लोकप्रिय खेल फुटबल र क्रिकेटलाई पहिलो चरणमा व्यावसायिक प्रतिष्ठानबाट प्रायोजन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता हुन प्रेरित गरिने छ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।