मोटरसाइकल / स्कुटर चढ्ने बिचारमा हुनुहुन्छ ? यस्तो छ दुई पाङ्ग्रे सवारीका लागि नयाँ कर नीति

काठमाडौं, जेठ १६ । दुई पांग्रे सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ ।सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ । दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/०७४ मा बढाइएको थियो ।

२५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो ।

त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ। विद्युतीय दुई पांग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याइएको छ। १५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११० हजार तोकिएको छ । त्यस्तै १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ ।

तर यी सवारी साधानमा सरकारले वार्षिक ५० प्रतिशत छुट दिने नीतिका कारण वार्षिक रूपमा क्रमशः ५ र ६ हजार मात्र कर लाग्दै आएकोछ ।

कुन मोटरसाइकलको सडक कर कति पुग्यो ?

१२५ सिसिसम्मको मोटरसाइकल-१० हजार / १२६देखि २५० सम्म-१२ हजार / २५१देखि ४०० सम्म-१५ हजार / ४०१ देखि माथि सबै-२० हजार

कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो ?

१२५ सिसि सम्म-२५ सय / १२६-२५० सम्म- ४ हजार / २५१देखि ४०० सम्म- ८ हजार / ४०१देखि माथिका सबै-१५ हजार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।