सासूबुहारीको एउटै पदमा चल्यो जुहारीः सासू एमालेबाट, बुहारी माओवादीबाट चुनावी मैदानमा

इलाम, १९ जेठ । आसन्न दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा इलामको सन्दकपुर गाउँपालिका– १ मा एउटै पदका लागि सासूबुहारीको जुहारी चलेको छ ।

यस गाउँपालिकामा दलित महिला कोटामा नेकपा (एमाले) बाट सासू दिलमाया विक र नेकपा (माओवादी केन्द्र)बाट बुहारी सीता विक चुनावी प्रतिस्पर्धामा छन् । दुबैले आ–आफ्नो जित्ने दाबीका साथ मत माग्न गाउँ निस्किएका छन् ।

अहिले बुहारी चुनाव प्रचारपसारमा हिँडिरहेकी छिन् । ‘एउटै घरमा तीन÷चारवटा राजनीतिक दलमा त उम्मेदवार बनेका छन्, यहाँ हामी पनि सासू बुहारीनै दलित महिला कोटामा दुई फरक राजनीतिक दलबाट उम्मेदवार बनेका छौँं,’ सीताले भन्नुभयो ।

एउटै पदमा एकै परिवारबाट दुई फरक दलबाट उम्मेदवारी परे पनि हामीबीच कुनै घरायसी समस्या नभएको दिलमाया बताउनुहुन्छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।