कांग्रेस गाउँपालिकाकी उपाध्यक्ष उम्मेदवार एमालेमा प्रवेश
काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसले पार्टीमा लामो योगदान गर्नेहरुलाई उपेक्षा गर्दै नवप्रवेशी र धनवादीहरुलाई गाउँपालिका र नगरपालिकामा उम्मेदवार बनाएपछि पूर्वको झापादेखि मध्यपश्चिमसम्म कार्यकर्ताले विद्रोह गर्दै एमालेमा प्रवेश गर्न थालेका छन् ।

कांग्रेसले टिकट बितरणमा पार्टीमा योगदान गर्नेहरुको मूल्यांकन नगरेकोमा बाँकेमा पनि विद्रोह भएको छ । बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्षका उम्मेदवार निर्मला मल्ल आज एक कार्यक्रमका बीच एमालेमा प्रवेश गरेकी छिन् ।


