सोलुमा एमालेले सातै गाउँपालिका र एक नगरपालिकामा उम्मेदवारको टुंगो लगायो, काँग्रेसमा भाँडभैलो

१९ जेठ । सोलुखुम्बुको सबै गाउँपालिका र नगरपालिकामा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएका छन्। आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि एमालेले एक नगरपालिकासहित सात गाउँपालिकाका प्रमुख र उपप्रमुख टुङ्ग्याएको हो।

एमाले सोलुले दिएको जानकारी अनुसार सोलुदूधकुण्ड नगरपालिका प्रमुखमा आङदामी शेर्पा र उपप्रमुखमा कल्पना राईलाई उम्मेदवार बनाइएको छ।

नेचा सल्यान गाउँपालिका प्रमुखमा ढुफकुमार बास्तोलालाई उम्मेदवार बनाइएको छ। सोताङ गाउँपालिका प्रमुखमा वीरबहादुर राई, खुम्बु पासाङ ल्हमु गाउँपालिका प्रमुखमा ङिमदोर्जी शेर्पा, लिखुपीके गाउँपालिका प्रमुखमा पोस्टकुमार कार्की, दूधकोसीका गाउँपालिका प्रमुखमा श्यामकुमार राई र उपप्रमुखमा कल्पना बस्नेत तथा दूधकोसी गाउँपालिका प्रमुखमा बुद्धिकिरण राई र उपप्रमुखमा जुनिता मगरलाई उम्मेदवार बनाइएको छ।

माओवादीले पनि सबै गाउपालिका र नगरपालिकामा उम्मेदवार टुङ्ख्याएको छ । नेपाली कांंग्रेसले भने अहिलेसम्म उम्मेदवार टुंगो लगाउन सकेको छैन । आकाङ्क्षी बढी भएपछि त्यहाँ उम्मेदवार टुङ्ग्याउन काँग्रेसलाई महाभारत भएको छ । अन्य पार्टीले उम्मेदवार टुंगो लगाएर प्रचार–प्रशारमा जुट्दा पनि काँग्रेसले भने अहिलेसम्म उम्मेदवार टुंगो लगाउन नसकेपछि नेतृत्वको आलोचना भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।