मिल्यो भरतपुरमा मतपत्र च्यातिएको काण्ड ! यस्तो भयो सहमति…

काठमाडौं, १९ जेठ । चितवनको भरतपुर महानगरपालिकामा फेरि मतदान नगराउने अन्तिम तयारीमा निर्वाचन आयोग पुगेको छ । हिँजो साँझ निर्वाचन आयोगमा बसेको आयुक्तहरुको बैठक निश्कर्ष बिहीन भएपछि आज फेरि बैठक बसेको हो ।

निर्वाचन आयोग उच्च स्रोतका अनुसार भरतपुरमा च्यातिएका ९० मतलाई बदर मानेर बाँकी मत गन्ने व्यवस्था मिलाउन आयोगले निर्देशन दिँदैछ । ९० मतलाई खारेज गरेर मत गणना सुचारु गर्ने तयारी भएको हो । जेठ १४ गते भरतपुर महानगरपालिकामा मतगणना चल्दै गर्दा माओवादी केन्द्रका कार्यकर्ताहरुले मत पत्र च्यातेका थिए । माओवादीकी मेयर उम्मेदवार रेणु दाहाल पछि पर्दै गएपछि उनीहरुले मध्य रातमा मतपपत्र च्यातेका हुन् ।

हिँजो गरिएको निरिक्षणमा ९० मत च्यातिएको फेला परेको थियो । ९० मत च्यातिएको जानकारी हिँजो नै निर्वाचन आयोगले प्राप्त गरेको थियो । सोही अनुसार हिँजो साँझ बैठक बसेको थियो । सो बैठक थप कानुनहरु हेर्नुपर्ने भन्दै स्थगित भएको थियो । त्यसपछि आज निर्वाचन आयोगमा आयुक्तहरुको बैठक बसेको हो । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आयुक्तहरुको बैठकले गर्ने निर्णयको बारेमा आफूलाई जानकारी नहुने बताए । तर उनले अहिले आयोगमा बैठक चलिरहेको पुष्टि गरे । आजै भरतपुरका विषयमा केही न केही निर्णय हुने उनले बताए ।

हामीलाई भएको जानकारी अनुसार आयोग मतगणना गराउने तयारीमा रहेको छ । अब ति च्यातिएका ९० मत भने बदर मानिने भएका छन् । मत पत्र च्यात्ने लाजमर्दो काम भएकोले अब भने मतगणना गर्दा दलका प्रतिनिधिलाई मतपत्र छुन नदिने तयारी आयोगले गरेको बुझिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।