ओली, देउवा र निधि बीच वार्ता ! देउवाको प्रस्ताव ओलिद्वारा ठाडै अस्विकार – हेर्नुहोस भिडियो सहित
प्रधानमन्त्री निर्वाचनका लागि व्यवस्थापिका–संसद संचालन गर्न नेपाली कांंग्रेसले गरेको आग्रहलाई नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसद सञ्चालनको वातावरण बनाउन गरेको आग्रहलाई एमाले अध्यक्ष ओलीले ठाडै अस्वीकार गरेका हुन् । ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए ।

चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्नुपर्ने माग गर्दैै निरन्तर व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्दै आएको एमाले निर्वाचन आयोगको पछिल्लो निर्णयबाट झनै रुष्ट बनेको छ । कांग्रेस सभापति देउवा आफ्ना विश्वासपात्र विमलेन्द्र निधिलाई लिएर बालकोट पुगेका थिए ।
देउवाले भरतपुर महानगरपालिकाको निर्वाचन र प्रधानमन्त्रीको निर्वाचन भिन्न विषय भएको भन्दै संसद अवरोध फुकाउन आग्रह गरेपछि अध्यक्ष ओली अझै आक्रोशित भएका थिए । एमाले अध्यक्ष ओलीले संसद अवरोध जारी राख्ने अडान नछाडेको नेता निधिले जानकारी दिए ।
“कुरा राम्रै भएको छ,” निधिले भने, “संसद्को अवरोध अन्त्य गर्न र कांग्रेसलाई समर्थन गर्न आग्रह गर्यौं । तर उहाँ निर्वाचन आयोगको निर्णयप्रति गम्भीर हुनुभएको छ ।”
निधिले भरतपुरको निर्वाचन र प्रधानमन्त्रीको निर्वाचन फरक फरक विषय भएकाले अवरोध नगर्न कांग्रेसले आग्रह गरेको थियो । भरतपुरको टुंगो नलागेसम्म निष्कर्ष निकाल्न गाह्रो हुने ओलीको चेतावनी थियो ।


