केपी ओलीको प्रस्ताव देउवाले एकै वचनमा ‘ओके’ भनेपछि…

आइतबार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका भए पनि दुई दिन पछि सारिएको छ । विहान ११ बजे बोलाइएको संसद बैठक प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने भएपछि सहमतिका लागि दिउँसो दुई बजे शीर्ष नेताको बैठक राखिएको थियो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई थाहै नदिई किन प्रधानमन्त्रीको निर्वाचन गर्न लागेको भनी कांग्रेस सभापति देउवालाई प्रश्न गरेका थिए ।

बहुमतीय प्रणालीमा प्रधानमन्त्री चयन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई पठाएको पत्र संसदमा प्रस्तुत नगरी प्रधानमन्त्रीको निर्वाचन गर्न खोजेको विषय ओलीले उठाएका थिए । त्यसपछि देउवाले के गर्ने, कसो गर्ने जस्ता प्रश्न तेर्साउन थालेपछि ओलीले दुई दिन बैठक सारौ भनेपछि त्यो प्रस्ताव देउवाले एकै बचनमा ‘ओके’ भने । संसद बैठक जेठ २३ गतेका लागि सार्ने निर्णय भएपछि बैठक सकियो ।

नेकपा एमालेले भरतपुर महानगरपालिकामा पुन मतदान गर्न निर्वाचन आयोगले गरेको निर्णय सच्याउन माग गर्दै संसद अवरोध गरे पनि शीर्ष नेताको बैठकमा भने त्यो विषय उठाएन । माओवादी नेता गिरिराजमणि पोखरेलले पत्रकारहरुसँग भने ‘हुनेवाला प्रधानमन्त्रीले नै संसद दुई दिन सार्न राजी भएपछि अरुले बोल्ने कुरै भएन ।’

बैठकपछि पत्रकारलाई प्रतिक्रिया दिँदै कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीको आग्रहमा दुई दिन संसद स्थगित गरेको बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदलाई जेठ १८ गते पत्र लेखेकी थिइन्। तर त्यस दिनको संसद बैठक एमालेले अवरोध गरेकाले पत्र संसदमा प्रस्तुत नगरी संसद सचिवालयले प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖