प्रसिद्द ज्योतिष भन्छन्,- देउवालाई नसोँचेको सफलता प्राप्त हुन्छ, गाडिएको धन निस्कन्छ
काठमाडौ, २४ जेठ । प्रशिद्ध ज्योतिषले यसपटक नबनिर्वाचित शेरबहादुर देउवालाई नसोँचेको सफलता प्राप्त हुनेछ । कुम्भ राशि भएका देउवाको आठौं घरको स्वामी वृहस्पतिको नवौं दृष्टि चलिरहेका कारण उनलाई गाडिएको धन प्राप्त हुने योग रहेको अनन्तश्री जगत्गुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्यले बताए ।

उनले भने “आगामी सात वर्ष शेरबहादुर देउवाका लागि अत्यन्त राम्रो छ, भारतमा मोदीले पाएको प्रसिद्धिजस्तै प्रसिद्धि देउवाले नेपालमा पाउनुहुनेछ । देउवाको नेतृत्वमा देशले विकास र समृद्धिको बाटो समात्ने देखिन्छ ।”
देउवालाई शनि ग्रह फाप्ने भएकोले अहिले शनिकै कारण उनी प्रधानमन्त्री पदमा पुगेको पनि जगत्गुरु वीरेन्द्रको दाबी छ । अहिले लाभ घरमा शनि बसेकाले देउवाको प्रधानमन्त्रीत्वकाल फलदायी हुने समेत उनको दावी छ ।
उनले थपे अहिले उहाँको राजयोग चलिरहेको छ सूर्य र बुध दुवै शक्तिशाली अवस्थामा छन् । दोस्रो चरणको निर्वाचन असार १४ गते भएरै छाड्ने दावी समेत जगत्गुरुले गरे । केही अवरोध आए पनि निर्वाचन भएरै छाड्छ उनले ठोकुवा गरे ।
‘१४ गतेको मिति राम्रो रहेको तर आनन्दादिमा चर योग रहेकोले केही बाधा आउने देखिन्छ’ उनले थपे । देउवाको नेतृत्वमा कांग्रेस पार्टीका पनि राम्रा दिन आउने दावी वीरेन्द्रको छ ।


