आकाशमै जन्मियो बच्चा !

मुम्बई, असार ५ । एक भारतीय महिलाले जहाजमा यात्रा गरिरहेको समयमा आकाशमै बच्चा जन्माएकी छन् ।

अन्तर्राष्ट्रिय उडान भरिरहेको सो विमान करिब ३५ हजार फिटको उचाइमा रहेकाबेला विमानमा नै उनले छोरा जन्माएकी हुन् ।

नाम नखुलाइएकी एक २० वर्षीया भारतीय महिलाले उनलाई चिकित्सकले दिएको समयभन्दा अगावै सो बच्चा जन्माएको बताइएको छ ।

साउदी अरेबियाको दामानबाट दक्षिण भारतीय राज्य केरलाको कोचीतर्फ गइरहेको जेट एअरवेजको बोइङ ७३७ विमानमा बच्चा जन्मिएको हो ।

जेट एअरवेजले प्रकाशन गरेको विज्ञप्तिमा उडानकैक्रममा बच्चा जन्मिएपछि विमानलाई मुम्बईमा अवतरण गराइ ती आमा र बच्चालाई अस्पताल पुर्‍याइएको छ ।

बच्चा र आमाको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको छ । विमानमा बच्चा जन्मिनेक्रममा विमानमा रहेका स्वास्थ्य कार्यकर्ता र विमानका कर्मचारीले सहयोग गरेका थिए ।

बोइङ ७३७ उडानमा १६२ जना यात्री सवार रहेका र मुम्बईमा सो विमान अवतरण गरिएको उक्त एअरवेजले जनाएको छ ।

ती महिला र नवजात शिशुलाई विमानस्थलनजिकैको अस्पतालमा लगिएको बताइएको छ । उक्त एअरवेजले पहिलोपटक आफ्नो एअरवेजमा यसरी आकाशमै बच्चा जन्मिएको जनाएको छ ।

मुम्बईको होली स्पिरिट अस्पतालले एएफपी समाचार समितलाई बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको जानकारी दिएको छ ।

जेट एअरवेजले यसप्रकार विमानमा बच्चा जन्मिएको यो पहिलोपटक भएको र ती बच्चालाई उनको जीवनभरि एअरलाइन्सले निःशुल्क यात्रा गराउने बताएको छ ।

गत अगस्तमा पनि संयुक्त अरब इमिरेट्सको फिलिपिन्स गइरहेको विमानमा यसरी नै बच्चा जन्मिएको थियो ।

सो विमानलाई दक्षिणी भारतीय सहर हैदरावादमा आकस्मिक अवतरण गराइ आमा र बच्चालाई नजिकैको अस्पताल पुर्‍याइएको थियो । रासस/एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।