बच्चा जन्माउन आफ्नै श्रीमानसँग करोडौं माग्ने यी महिला

एजेन्सी । वैवाहिक बन्धनमा बाँधिएपछि ढिलो चाँडो परिवार बढाउने योजना सबै दम्पतीको हुन्छ । परिवार बढाउने निर्णय दुवै दम्पतीले मिलेर लिन्छन् । कहिले कति बेला परिवारलाई बढाउने भन्ने उनीहरूको निजी फैसला हो । कहिलेकाहीँ परिवार वा समाजको दबाब पनि हुन्छ ।

पछिल्लो समय सरोगेसी अर्थात् कोख भाडामा लिएर बच्चा जन्माउने चलन पनि बढेको छ । तर बच्चा जन्माइदिन आफ्नै श्रीमानसँग पैसा असुल्ने श्रीमतीबारे तपाईँलाई थाहा छ ? यी महिला दुबईकी हुन् । बच्चा जन्माइदिने काम आफूले फ्रीमा नगर्ने अनि हरेक बच्चाको लागि श्रीमानसँग महँगा वस्तुहरू बाहेक कमसेकम २ लाख पाउन्ड स्टर्लिङ (करिब ३ करोड ३६ लाख नेपाली रुपैयाँ) नगद लिने गरेको सौदी नामक गरेकी महिलाले बताएकी छिन् ।

सौदी आफ्नो श्रीमानसँग दुबईमा बस्छिन् । यी महिलाको पति करोडपति हुन् । बच्चा जन्माउने जस्तो दुःखको काम यिनी पैसा वा गिफ्ट बिना गर्दिनन् । बच्चा जन्माउनु अघि नै आफूलाई के के कहिले कहिले चाहिएको हो भनेर श्रीमानलाई लिष्ट नै बुझाउँछिन् । टिकटकमा आफ्ना फलोअरहरूलाई गर्भधारण अघि आफ्ना सारा माग पतिसमक्ष राख्ने गरेको महिलाले भनेकी थिइन् । बच्चा जन्माइदिएबापत हरेक पटक आफूले नयाँ कार अनि कारसँग म्याचिङ हर्मीज बर्किनको ब्याग लिने गरेको उनको भनाई छ । यो ब्यागको मूल्य ८० लाख रुपैयाँदेखि ९० लाख रुपैयाँसम्म पर्दछ । यसबाहेक हरेक बच्चा जन्माउन नगद २ लाख पाउन्ड पनि लिने गरेकी छिन् ।

सौदीको पहिलो माग हिराको ठुलो औँठी हुने गरेको छ । दोस्रो महँगो उपहारमा बच्चा जन्माउने बेलामा लिने गरेकी छिन् । यो गिफ्ट चाँहि लाखौं रुपैयाँ पर्ने लक्जरी ब्याग हुन्छ । जन्मने बच्चा छोरा वा छोरी के हो सोको आधारमा ब्याग पनि निलो वा गुलाबी हुन्छ । हरेक पटक सन्तान जन्माउँदा उनलाई लक्जरी कार पनि चाहिन्छ । यसबाहेक सौदीको सारा थेरापी र ब्यूटि ट्रिटमेन्टको खर्च पनि श्रीमानले नै उठाउनु पर्ने सर्त उनले राखेकी छिन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।