साबुन प्रयोग गरेर २२० टनको भवनलाई ३० फिट पर सारिएपछि…

नोभा स्कटिया । क्यानडाको नोभा स्कटियाको हलिफ्याक्श शहरमा कुनै समय होटेलको रूपमा प्रयोग गरिएको एउटा भवनलाई सार्न अनौठौ तरिका प्रयोग गरिएको छ ।

तपाईले घरलाई भइरहेको ठाउँबाट अन्यत्र सार्न अनेकौँ प्रविधिबारे सुन्न भएको होला । यो प्रविधि तपाईँको कल्पनाभन्दा परको छ । अर्थात् त्यो भवनलाई सार्नका लागि साबुनको सयौँ टुक्रा प्रयोग गरिएको थियो । हलिफ्याक्समा रहेको एल्मवूड भवन सन् १८२६ मा बसोबासका लागि बनाइएको थियो ।

सन् १८९६ मा सो भवनलाई भिक्टोरियन एल्मवूड होटेलको रूपमा परिणत गरियो । सन् २०१८ मा यसलाई ध्वस्त बनाउन लागिएको थियो । तर रियल ईस्टेट कम्पनी ग्यालेक्सी प्रोपर्टिजले भवन ध्वस्त पार्ने योजना रोकिदियो अनि त्यो भवनलाई किन्यो । कम्पनीले उक्त भवनलाई सडकको नजिकै सार्न खोजेको थियो । कम्पनीले बनाउन लागेको नयाँ अपार्टमेन्ट कम्प्लेक्ससँग यसलाई जोड्न सकियोस् भनेर नयाँ जगमा घरलाई राख्नु थियो ।

भवन २२० टनको थियो । कम्पनीको फेसबुक पेजमा शेयर गरिएको एउटा टाइम ल्याप्स भिडियोमा कम्पनीका क्रु मेम्बरले सो भवनलाई नयाँ ठाउँमा सफलतापूर्वक सारेको देखाइएको छ । कम्पनीका मालिक शेल्डन रशटनका अनुसार भवनलाई स्टिलको फ्रेममा ल्याउन परम्परागत रोलको ठाउँमा ७०० ओटा आइभोरी साबुनको प्रयोग गरिएको थियो । यो साबुन निकै नरम हुन्छ । यस कामका लागि साबुन बाहेक २ ओटा एक्स्काभेटर र ट्रकको प्रयोग गरिएको थियो । नयाँ जग तयार भएपछि भवनलाई फेरि सारिने बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।