कस्तो अचम्म ! पार्किङका लागि समय छैन, पसलभित्रै छिराए कार अनि किने सामान (भिडियो सहित)
जतिबेला हामी कतै बाहिर निस्कन्छौं पार्किङ हाम्रो लागि सबैभन्दा ठूलो समस्या बन्ने गर्दछ । पार्किङका लागि स्थान खोज्दा समय पनि बर्बाद हुने । यो समस्याबाट बच्नका लागि चीनका एक व्यक्तिले आफ्नो गाडीलाई सिधै पसलमा छिराएका छन् । यसो किन गरेको भन्ने प्रश्न सोध्दा उनले पार्किङ गरेर समय बर्बाद गर्न नचाहेको बताए ।
पूरा घटना सिसिटिभी क्यामरामा रेकर्ड भएको छ । पिपल्स डेली चाइनाको फेसबुक पेजमा यो भिडियो सेयर गरिएको छ । भिडियोमा देखिए अनुसार एक व्यक्तिले निकै आरामसँग आफ्नो कारलाई पसल भित्र छिराएका छन् । सबैभन्दा अचम्मको कुरा त के छ भने सुरुमा पसलभित्र कार छिरेकोमा पसले आत्तिन्छन् तर पछि उनी कार नजिकै गएर के चाहियो भनेर सोध्छन् ।
त्यसपछि पसलेले उनको अर्डर पनि पूरा गरिदिन्छन् । हेर्नुहोस् निकै रोचक घटनाको यो भिडियोः


