३५ हजार फिट माथि आकाशमै जन्मियो बच्चा, अब जिन्दगीभर सित्तैमा उड्न पाउने ! हेर्नुहोस कस्तो भाग्यमानी

साउदी अरेबियाबाट भारत आउँदै गरेको जेट एयरवेजको विमान ३५ हजार फिट माथि आकाशमा उडिरहेको बेलामा विमानमा रहेकी एक महिला यात्रुले छोरा जन्माइन् ।

जब महिलाले जहाजभित्रै बच्चा जन्माइन् तर कोचीका लागि उडेको उक्त जहाज नै डाइभर्ट गरी मुम्बइ अवतरण गराइयो उनलाई आमा र बच्चालाई अस्पताल भर्ना गर्नका लागि । अन्ततः जहाजभित्र जन्मिने दुर्लभ बच्चाहरुको सूचीमा पर्न सफल उक्त शिशुका लागि जेट एयरले गज्जबको उपहार घोषणा गरेको छ । जस अनुसार उक्त बालकले आफ्नो जिवनभर जेट एयरमा निःशुल्क यात्रा गर्न पाउनेछ ।

१६२ जना यात्रु बोकेर अरेबियन सागरमाथिका आकाशमा विमान उडिरहेको अवस्थामा ती महिलालाई एक्कासी व्यथा लागेपछि जहाजका चालक दलका सदस्यहरुले जहाजका यात्रुहरुलाई सार्वजनिक अनुरोध गरे । यात्रुहरुमध्ये यदि कोही पेशाले चिकित्सक भएमा अगाडि आएर ती महिलालाई बच्चा जन्माउन सहयोग गर्न अपिल गरियो । उक्त जहाजमा कुनै डाक्टर त रहेनछन् तर भाग्यवस विल्सन नामकी एक नर्स रहिछन् । जहाजका महिला स्टाफसँगै ती नर्सले ती महिलाको सुत्केरी गराइन् र सफलतापूर्वक बच्चा जन्मियो ।

प्लेनलाई डाइभर्ट गरी मुम्बइ ओह्रालेलगत्तै नवजात शिशु र सुत्केरी महिलालाई तत्कालै अस्पताल लगियो । उनीहरु स्वस्थ रहेको एयरलाइन्सले जनाएको छ ।

समाचार अनुसार जेट एयरवेजको उडानभित्र बच्चा जन्मिएको यो पहिलोपटक हो । त्यसैले आफ्नो उडानमा जन्मिएको पहिलो बच्चालाई जिन्दगीभर सित्तैमा टिकट दिन पाउँदा एयरलाइन्सले खुसी व्यक्त गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।