नेपालकै एक भीर जहाँ लाहुरे भित्तामा टाँसिनुपर्यो : यस्तो छ अर्घाखाँचीको प्रख्यात सुपा देउराली मन्दिर (भिडियो सहित)

अर्घाखाँची, महेन्द्र राजमार्गको गोरुसिंङ्गे–सन्धीखर्क सडकमार्गको झन्डै ४७ किलोमिटर दुरीमा रहेको अर्घाखाँचीको प्रख्यात मन्दिर सुपा देउरालीबारे नसुन्ने बिरलै होलान् । यो मन्दिर सन्धिखर्कको शीतगंगा गाँउपालिकामा पर्दछ । प्राकृतिक सौन्र्दयले भरिएको महाभारत पर्वत श्रृङ्खला अन्र्तगत पहाडको खोँचमा रहेको यो मन्दिरको दर्शन गर्न नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् ।

आफुले कामना गरेको भाकल पूरा भएपछि मन्दिरमा पूजा गर्न आउने गरेको भक्तजनहरु बताउँछन् । पश्चिम नेपालमा रहेको यो मन्दिरमा विवाह गरेका नवजोडीहरु जीवन सफल बनाँउनका लागि बिहे लगतै दर्शन गर्न आउने चलन रहेको भक्तजन सुशील पन्तले जानकारी दिए ।

यो मन्दिरमा शनिवार भक्तजनहरुको व्यापक भिड लाग्ने गरेको छ । आफ्नो मनोकामना पूरा होस भन्दै नरिवल, परेवा, जिन्सी समानहरु मन्दिरमा चढाउने चलन रहेको छ ।

२०४२ सालमा मन्दिर निमार्ण भएपनि परापूर्वकालदेखि पूजा–आजा गर्ने शक्तिपीठको रुपमा सुपा देउराली चर्चित रहेको छ । यहाँ भाकल गरेपछि मनोकाँक्षा पूरा हुने र भाकल अनुसार पुजा गर्ने चलन छ ।

लाहुरे टाँसिएको भिर

सुपा देउराली नजिकै एउटा भीर रहेको छ, जसलाई लाहुरे टाँसिएको भीरको नामबाट पुकारिन्छ । यो भीरको नाम यस्तो रहनुको पछाडि सुपा देउरालीसँग सम्बन्धित किम्बदन्ती रहेको छ ।

परापूर्वकालमा जागिरका लागि एकजना लाहुरेले सुपा देउराली मन्दिरमा भाकल गरेका थिए । उनको भाकल पनि पूरा भयो । मन्दिरको बाटो हुँदै फर्किदै गर्दा उनले मन्दिरमा भाकल अनुसार पुजा गरेनन् । जसको फलस्वरुप उनी भित्तामा टाँसिएर बिलिन भएको किम्बदन्ती रहेको छ ।

यो मन्दिरमा शनिवारका साथै दशैका बेला ठूलो भीड लाग्ने गरेको मन्दिरका पुजारी छविलाल खनालले जानकारी दिए ।

हेर्नुहोस भिडियो : 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।