वास्तुशास्त्रका अनुसार घरमा गरिने यी ९ गल्तीले सँधै आर्थिक अभाव हुन्छ…

वास्तु शास्त्रले घरमा अमन चयन र सुख शान्तिका लागि सकारात्मक उर्जालाई मुख्य कुरा मान्छ । वास्तु विधी नमिलेका कारण हामीले दैनिक जीवनमा विभिन्न समस्या भोग्नु पर्ने वास्तु शास्त्रको भनाइ छ ।

वास्तुदोष केवल घरमा मात्र नभएर घरका चारैतिर फैलिएका चिजका कारण पनि हुन सक्छ । घर भित्रका सामान मिलाएर राख्दैमा पनि वास्तु दोषबाट बँच्न सकिँदैन ।

यदि घर बाहिर नकारात्मक उर्जा जम्मा हुने चिजहरु छन् भने घरमा सँधै धनको अभाव र विमारी हुने वास्तु शास्त्रको दावी छ ।

यी ९ गल्तीका कारण घरमा धनको समस्या हुन्छः

१. वास्तुको शास्त्रका अनुसार घरको अगाडी रुख वा खम्बा छ भने घरमा कुनै न कुनै तनाव आइ रहन्छ । यस्तो हुँदा खासगरी घरका बच्चाहरुलाई नकारात्मक असर हुन्छ । घर अगाडी खम्बाले घरमा सँधै नकारात्मक उर्जा पैदा गर्छ र आर्थिक अभाव पनि हुने गर्छ ।

२. मुख्य गेटको सामनेमा कुनै खाडल वा कुवा छ भने परिवारका सदस्यहरुलाई मानसिक रोग र तनाव हुने वास्तु शास्त्रको भनाइ छ । यस्तो घरमा सँधै धनको अभाव हुने गर्छ ।

३. मुख्य द्वारको अगाडी फोहोर जम्मा गरिने गरेको भए त्यसले घरका सदस्यहरुमा उदासी उत्पन्न हुने र सँधै आर्थिक तनावबाट गुज्रिनु पर्ने वास्तु शास्त्रको भनाइ छ ।

४. वास्तु शास्त्रका अनुसार मुख्य द्वारको सामुन्ने फोहोर पानी जम्मा हुने ठाउँ छ भने त्यसले पैदा गर्ने नकारात्मक उर्जाले घरमा सँधै धनको अभाव पैदा गर्छ ।

५. मेन गेट अगाडी मन्दिर वा पुजा स्थल हुँदा पनि नकारात्मक उर्जा पैदा हुन्छ । वास्तु शास्त्रका अनुसार यस्तो घरमा पनि आर्थिक अभाव हुन्छ ।

६. वास्तु शास्त्र अनुसार घरको गेटमा ढोका भित्रबाट मात्र खुल्ने हुनु शुभ मानिन्छ । बाहिर पट्टी खुल्ने ढोका भएको गेट अशुभ मानिन्छ । यस्तो घरमा धनको सधै अधाव हुन्छ ।

७. घरको बाहिर पट्टीबाट आउने नकारात्मक उर्जा रोक्नका लागि मेन गेटमा स्वस्तिक वा ॐ जस्ता चिन्ह राख्नु राम्रो मानिन्छ । यस्ता चिन्ह नभए नकारात्मक उर्जा घरमा प्रवेश गर्न सक्छ ।

८. सुकेको वा काँढाधारी रुख घरको अगाडि हुनु अशुभ मानिन्छ । यस्ता रुखले घरमा नकारात्मक उर्जा पैदा गर्छ र आर्थिक अभाव गराउँछ ।

९. मेन गेटको अगाडी फोहोर फाल्ने भाँडो राख्नु अशुभ मानिन्छ । यसले पैदा गर्ने नकारात्मक उर्जाले घरमा घरझगडा हुन सक्छ । आर्थिक अभाव पनि हुन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।