धनकुटामा निर्वाचनको तयारी पुरा, सुरक्षा व्यवस्था कडा
धनकुटा खबर, असार १३ । भोली हुने निर्बाचनको सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्बाचन कार्यलय र प्रशासनकार्यालयले जानकारी दिएको छ ।
जिल्लाका ३ नगरपालिका र ४ गाँउपालिका कुल १ सय १७ मतदान स्थल र १ सय ४३ मतदान केन्द्रमा निर्बाचनका लागि आबश्यक सामाग्री र कर्मचारी परिचालन गरीसकिएको धनकुटामा मुख्य निर्बाचन अधिकृत किसोर घिमिरेले जानकारी दिनुभयो ।
निर्वाचनलाई प्रभाव नपर्ने गरी जनतालाई निर्धक्कका साथ भोट खसाल्न स्थानिय प्रसासनले सुरक्षा ब्यबस्था समेत कडा बनाईएको जिल्ला प्रशासन कार्यालय धनकुटाले जनकारी दिएको छ ।
जिल्लाको ७ अति सम्बेदनसिल र ४३ सम्बेदनसिल निर्वाचन केन्द्र जनपथ, म्यादी, ससस्त्र प्रहरी र नेपाली सेनाको ३ घेराको सुरक्षा ब्यबस्था गरीएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास अधिकारीले जानकारी दिनुभयो ।
कुल ९५ हजार ३ सय ६७ मतदाता रहेको धनकुटामा जिल्लाको ७ तहका ६० वडाका लागि ३ सय १४ प्रतिनिधि छान्न १७ दलका ११ सय ८९ जनाको उमेद्वारी परेको छ ।


