धनकुटामा असार १५ को कार्यक्रम १७ मा मनाईने

धनकुटा खबर, असार १५ । धनकुटामा यो वर्ष असार १५ गते अर्थात आज सम्म करिव १० प्रतिशत मात्र धान रोपाई भएको छ ।

गत वर्षको तुलनामा यो करि आधा भन्दा धेरै प्रतिशतले कम हो । यो वर्ष स्थानीय तहको निर्वाचन यतिवेला भएको कारण पनि थोरैरोपाई भएको जिल्ला कृषी विकास कार्यलयले जनाएको छ ।

जिल्लामा यही अवधिमा गत वर्ष २० देखी ३० प्रतिशत धान रोपाई भएको थियो । यसैवीच आज असार १५ गते जिल्ला कृषी विकास कार्यलय धनकुटाले कुनै औपचारिक कार्यक्रम गरेन ।

यसअघिका वर्षहरुमा धान रोपाई लगायतका औपचारिक कार्यक्रम गर्दै आएको कार्यलयले यो वर्ष स्थानीय तहको निर्वाचनको कारण त्यस्ता कार्यक्रम नगरेको जनाएको छ ।

आजको कार्यक्रम पर्सि १७ गते धान रोपाई गरी असार १५ मनाईने जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।