इलाम नगरपालिका १०, सन्दकपुर ३ र माईजोगमाई ६ मा एमाले प्यानेलै विजयी

इलाम, १६ असार । इलाम नगरपालिका–१० मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार रोम लुङ्गेली एक हजार १८७ मत ल्याएर समूहसहित विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रिखिलाल गौतमले ९४० मत प्राप्त गर्नुभयो । यसैगरी सन्दकपुर गाउँपालिका–३ मा एमालेका वडाध्यक्षका उम्मेदवार कृष्णप्रसाद पाठक ९५४ मत ल्याएर समूहसहित विजयी हुनुभएको छ ।

त्यसैगरी माईजोगमाई–६ मा वडाध्यक्षसहित समूह नै एमाले विजयी भएको छ । सो वडामा भवानीप्रसाद लिङ्दम ८९३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रोहितकुमार थेवेले ४०५ मत प्राप्त गर्नुभएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।