एमालेकी चर्चित उमेद्वार शिवकुमारी थारु प्रतिस्पर्धीभन्दा निकै अघि
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका उपमेयर उमेद्वारका कारण चर्चामा रह्यो । दोश्रो चरणको चुनाव भएको त्यहाँ नेकपा एमालेले २३ वर्षीया शिवकुमारी थारुलाई उठाएको थियो । उनको भाषण पनि निकै प्रभावशाली रहेको मानिएको छ ।

शिक्षक जागिर छाडेर चुनावमा होमिएकी शिवकुमारीले मत पनि प्रतिस्पर्धीभन्दा झण्डै चार गुणा बढि ल्याएकी छन् । शनिवार बिहानसम्ममा उनले ३०५६ मत ल्याइसकेकी छन् भने उनको प्रतिस्पर्धी प्रतिस्पर्धी राप्रपाका उमेद्वारको जम्मा ८७६ मात्र छ ।
हुन त, मेयरमा पनि त्यहाँ एमालेकै उमेद्वार अघि छन्, उनले ३०२८ ल्याएका छन्, मेयरका प्रतिस्पर्धी राप्रपाका उमेद्वारले ले ११८० ल्याएका छन् ।


