धरानको मतगणना सुस्त गतिमा, नतिजा सुन्न आतुर धरानवासीहरुको गुनासो

धरान, १७ असार । १४ गते सम्पन्न भएको दोश्रो चरणको स्थानिय तह निर्वाचन सकिएको पनि ३ दिन वितिसक्दा पनि सुनसरीको धरानमा मतगणना सुस्त गतिमा भईरहेको छ ।

चुनावी नतिजा सुन्न आतुर रहेका धरानवासीहरु पनि अब त साह्रै ढिला भयो भन्न गुनासो गर्न थालेका छन् । धरानवासीताहरु भन्छन–‘३ दिनको अवधिमा त धरानका लगभग आधा जति वडाको मतगणना भईसक्नुपर्ने । तर साह्रै ढिला भयो अब त ।’

धरान–३ कि माया प्रधान भन्छिन–‘भोट त लगायौं । त्यो नी लामो लाईनमा बसेर । अब चुनावी नतिजा सुन्न पनि त्यस्तै भईरहेको छ । धेरै ढिलो भयो । हामी घरमा बसेर पनि के कति मत आयो के भईरहेको छ ? भन्दै हतार हतार गरेर आउछौं । यहा भने खासै छिटो मतगणना भएको चै देखिएन ।’

धरानका पदम बहादुर कुंवर क्षेत्री भन्छन–‘चुनावि नतिजा सुन्न आतुर छौं । तर के गर्ने मतगणना नै कछुवाको चाल जस्तो हुदैछ । हामी त सभागृहको गेट अगाडि बसेर कतिबेला अधिकृतले कुन कुन पार्टीको मत कति छ भनेर भन्नुहुन्छ भनेर पर्खेर बस्छौं ।

तीन दिन भईसक्यो राती १२ बजेसम्म बसेर घर गए । खासै छिटो चै भईरहेको छैन । यही चाल हो भने हामीले २० वटा वडाको चुनावी नतिजा सुन्न अझै दुई महिना पो लाग्छ होला ।’

३ दिन भयो सभागृहमा पुगेको मतपरिणाम सुन्नका लागि तर पनि आफ्नो वडाको मतगणना हुन नसक्दा साह्रै दुख लागेको धरान ८ का भोटे कामीले बताए । उनले भने–‘हाम्रो वडाको नतिजा कतिबेला आउला भनेर पर्खेको खै कहिले आउने हो टुंगो नै छैन् । भरसक चाडो चाडो मतगणना भईदिए सुनमा सुगन्ध थपिन्थ्यो ।’

‘नतिजा छिटो आउनुपर्यो त्यही हो हामीले चाहेको । तर यहा हाम्रो ईच्छा विपरित काम भईरहेको छ । धेरै नै अल्छिपना देखिराखेका छौं । अब अस्ति दुई दुई घण्टामा मतपरिणाम सुनाउने भन्नुभयो’–सृजना खवासले बताईन् । धरान–८ स्थित सभागृहमा भईरहेको मतगणनामा अहिले ५ वटा ग्रुपमा विभाजन भएर मतगणना भईरहेको छ ।

सहायक अधिकृत गणेश प्रसाद खतिवडाका अनुसार हालसम्म अझै ५, ६ दिन लाग्छ । भरसक चाडो मतगणना गरी जनतालाई मतपरिणाम सुनाउने व्यवस्था मिलाउनेछौं । उनले भने–‘मेयर उपमेयर र वडा ५ को ३ वजेसम्मको नतिजा भन्नुपर्दा मेयर नेपाली कांग्रेस २११७ उपमेयर २०९३, एमाले १९३४ उमपेयर २०२०, माके मेयर ११८९, ससफो उपमेयर ३३३ रहेको छ ।’

मतपरिणाम सुन्न आतुर धरानवासीहरुः निर्वाचन अधिकृतले मतपरिणाम सुनाउन माईकिङ गर्दा हतार हतार दौडिरहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।