धरान उपमहानरगापलिका ४ मा एमालेको प्यानल नै बिजयी, हेर्नुहोस बिजय जुलुस भिडियो सहित
धरान । धरान उपमहानरगापलिकामा पहिलोपटक एमालेले जित हासिल गरेको छ । धरानको वडा नम्बर ४ मा एमालेले प्यानलैसहित जितेको हो । मेयर र उपमेयरमा पनि एमालेले अग्रता लिएको छ ।
साँझ ६ बजे घोषित मतपरिणाम अनुसार, धरान वडा नम्बर ४ मा एमालेका मानबहादुर राई प्यानलैसहित विजयी भएका हुन् । राईले वडा अध्यक्षमा ६१४ मत ल्याए भने काँग्रेसका उम्मेदवारले १९१ मत पाए ।
धरानको मेयर र उपमेयरमा पनि एमालेले पहिलोपटक अग्रता लिएको छ । मेयरमा एमालेले २६ सय १८ मत पाएको छ भने काँग्रेसले २५ सय २१ मत ल्याएको छ । यसैगरी, उपमेयरमा एमालेले २६ सय १२ मत ल्याएको छ । काँग्रेसले उपमेयरमा २४ सय ८७ मत ल्याएको छ ।
यसैगरी, माओवादी केन्द्रले मेयरमा १६ सय ७३ मत ल्याएको छ । संघीय समाजवादी फोरमको नेपालले उपमेयरमा ४३० मत पाएको छ ।
धरानको वडा नम्बर ३ मा नेकपा एमालेले अग्रता लिइरहेको छ । वडा नम्बर १ र २ भने काँग्रेसले यसअघि नै जितेको छ ।


