मोरङका १७ वटा स्थानीय तहमध्ये १५ वटाको निर्वाचन परिणाम सार्वजनिक, ७ मा काँग्रेस, ५ मा एमाले

विराटनगर, २३ असार । मोरङका १७ वटा स्थानीय तहमध्ये १५ वटाको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएका परिणाममध्ये नेपाली काँग्रेसले सातवटा तहमा विजय हासिल गरेको छ भने नेकपा (एमाले) पाँच, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी केन्द्र)का उम्मेदवार एक–एक स्थानीय तहको प्रमुख पदमा विजयी भएका छन् । विराटनगर महानगरपालिका र धनपालथान गाउँपालिकाको मतगणना भने जारी छ ।

यस जिल्लामा एक महानगरपालिका, आठवटा नगरपालिका र आठवटा गाउँपालिका छ । आठनगरपालिकामध्ये पाँचवटाको प्रमुख पदमा काँग्रेस विजयी भएको छ । सुनवर्षी नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । रतुवामाई, उर्लाबारी, लेटाङ र सुन्दरहरैचा नगरपालिकाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवारले विजयी भएका छन् ।

यसबाहेक, पथरी–शनिश्चरे र बेलबारी नगरपालिको प्रमुख र उपप्रमुखमा एमालेले विजय हासिल गरेको छ भने रङ्गेली नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

जिल्लाका आठवटा गाउँपालिकामध्ये कटहरि र केराबारीको अध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने मिक्लाजुङ, कानेपोखरी, ग्रामथानमा एमाले, बुढीगङ्गामा नेपाल लोकतान्त्रिक फोरम र जहदा गाउँपालिकामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।