विराटनगरको छापाखानामा आगलागी
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ स्थित राधा रत्न ओखलढुङ्गा छापाखानामा आगलागी भएको छ।
छापाखानामा आगलागी भएपछि घटनास्थलमा भएको क्षति र आगलागीको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।
आगलागीबाट मानवीय क्षति भए–नभएको तथा भौतिक सम्पत्तिमा पुगेको क्षतिको विवरणसमेत खुल्न सकेको छैन।


