इलाममा ४५२ जनाको जमानत जफत

इलाम । स्थानीय तहको निर्वाचनमा इलामका तीन नगरपालिका र पाँच गाउँपालिकामा चार सय ५२ जनाको जमानत जफत भएको छ । खसेको सदर मतको १० प्रतिशत नल्याउने उम्मेद्वाहरुको जमानत जफत भएको हो ।

इलाम नगरपालिकामा प्रमुखमा पाँच जना, उपप्रमुखमा चार जनासहित ९५ जनाको जमानत जफत भएको छ । यस्तै माई नगरपालिकामा प्रमुखमा तीन, उपप्रमुखमा एक गरी ६८ जना, सर्योदय नगरपालिकामा प्रमुखमा ४, उपप्रमुखमा ४ गरी ९५ जनाको जमानत जफत भएको छ ।

चुलाचुली गाउँपालिकामा अध्यक्ष सात, उपाध्यक्ष तीन सहित ६२ जना, फाकफोक थुममा अध्यक्ष चार र उपाध्यक्ष चार गरी ४५ जना, माइजोगमाईमा अध्यक्ष दुई, उपाध्यक्ष दुई गरी २७ जना, रोङ गाउँपालिकामा अध्यक्ष ६ जना, उपाध्यक्षमा २ जना गरी ३७ जना र सन्दकपुर गाउँपालिकामा अध्यक्ष चार जना, उपाध्यक्ष दुई जना उम्मेद्वार गरी २३ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।

देउमाई नगरपालिका र माङसेबुङ गाउँपाकिलाको विवरण भने आउन बाँकी रहेका निर्वाचन कार्यालयलले जनाएको छ ।

नेकपा माओवादी केन्द्रको उम्मेद्वारहरुमा माई नगरपालिकाका प्रमुखका उम्मेद्वार भक्तबहादुर लुङ्गेली उपप्रमुखमा रञ्जना थापा र चुलाचुली गाउँपालिकाको उपाध्यक्षमा धनादेवी पोख्रेल बाहेक आठ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षका उम्मेद्वारहरुको जमानत जफत भएको छ ।

संघीय समाजवादी, राप्रपा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी लगायत नौं वटा दल र स्वतन्त्रका उम्मेद्वारहरुले निर्वाचनमा भाग लिएका थिए । इलाम नगरपालिका वडा नं. १ का राप्रपाका वडा सदस्यका उम्मेद्वार गोवरधन बस्नेतले एक मत पनि ल्याएनन् । दोस्रो कम मत भने राप्रपाका इन्द्रबहादु राई र संघीय समाजवादी फोरमकी विष्णु माया केरुङ्गले ३-३ मत ल्याएका छन् । स्थानीय तहको निर्वाचनमा इलाममा १५ सय ९४ जनाले उम्मेद्वारी दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।