तपाईँ ठूलो रकमको कारोबार गर्दै हुनुहुन्छ ? साउन १ देखि नयाँ नियम लागू हुँदैछ
काठमाडौँ । यदि तपाईँ ठूलो रकमको कारोबार गर्दै हुनुहुन्छ भने साउन १ गतेदेखि नयाँ नियम लागू हुने भएको छ।
आगामी आर्थिक बर्ष २०७४/७५ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले साउन १ गतेदेखि १० लाख वा सोभन्दा बढीको रकम भुक्तानी नगद गर्न नपाइने व्यवस्था लागू गरिएको जानकारी दिए।
अबदेखि १० लाख वा सोभन्दा बढी रकमको कारोबार गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेकमार्फत् गर्नुपर्नेछ। यसअघि यो सीमा ३० लाख रुपैयाँको थियो।
त्यसैगरी हालसम्म रु १० लाखभन्दा माथिको कर्जाको मात्र कर्जा सूचना दिने व्यवस्था रहेकोमा अब प्रत्येक कर्जाको सूचना कर्जा सूचना केन्द्रलाई उपलब्ध गराउनु पर्ने व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ।
रु १० लाखभन्दा कम कर्जाको सूचना निःशुल्क रुपमा लिनु दिनुपर्ने व्यवस्थासमेत मिलाइने नीतिमा उल्लेख छ। – पहिलो पोष्ट


