सुनसरीको धरान उपमहानगरपालिकामा एमालेका तारा सुब्बा र मन्जु भण्डारी विजयी

धरान, सुनसरीको धरान उपमहानगरपालिकामा एमाले विजयी भएको छ । एमालेका उम्मेद्धार तारा सुब्बा मेयर र मन्जु भण्डारी उपमेयरमा विजयी भएका हुन् । सोमबार साँझ सकिएको मतपरिणाम अनुसार एमालेका सुब्बाले कांग्रेसका तिलक राईलाई पराजित गर्दे विजयी भएको हो । तेस्रो माओवादीका अइन्द्र नेम्बाङ भए ।

यस्तै उपमेयरमा एमालेका मन्जु भण्डारी कांग्रेसका श्यामा रेग्मीलाई हराउँदै विजयी भइन् । भने संघीय समाजवादी फोरमको पारस काङमाङ तेस्रो भए । धरानबाट जिफन्टका महासचिव भीम ज्वाला राईका अनुसार एमालेले विजयी जुलसको तयारीमा आफुहरुको बताएका छन् ।

२० वटा वडा रहेको धरानमा उपमहानगरमा एमाले १४ वटा र कांग्रेसले ५ वटा र माओवादी केन्द्रले १ वटा जितेको छ । वडा न. ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १३, १५, १६, १९ र २० एमालेले जितेको छ । त्यस्तै कांग्रेसले १, २, ५, १४ र १८ जितेको छ भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १७ वडा जितेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।