छथर गाँउपालिकाबाटै बैकसँग समन्वय गरी साामजिक सुरक्षा बितरणका लागी पहल सुरु
धनकुटा खबर / तेह्रथुम, २८ असार । तेह्रथुमको पश्चिमी क्षेत्रमा रहेको छथर गाँउपालिकामा सामाजिक सुरक्षा बितरणका लागी बैक सँग समन्वय गरी गाँउपालिकाबाटै बितरणका लागी पहल सुरु गरीएको छ ।
जेष्ठ नागरिक एक महिला शारिरिक क्षमता कम्जोर भएकोहरुलाई बितरण गरिन्दै आएको सामाजिक सुरक्षा भत्ता नेपाल सरकारले बैक मार्फत बितरण गर्ने ब्याबश्था कार्यन्वयनमा आए सँगै लाभग्राहीहरुले पहिलेको भन्दा धेरै समस्या भोग्नु परेको अबश्थालाई मध्यनजर गर्दै बैक सँग समन्वय गरी आगामी आर्थीक बर्षको सुरुवातबाटै गाँउपालिकाबाट बितरणका लागी पहल सुरु गरीएकाृ गाँउपालिका प्रमुख सन्तोष तिगेलाले बताउनु भयो ।
सेवाग्राहीहरु शरिरिक रुपमा अशक्तहरुलाई बैकबाट सामाजिक सुरक्षा बितरण प्रबिधीका कारण हिड्नका साथै स्वास्थ्यमा समस्या भएकोले सेवा दिने उदेश्यका साथ छथर गाँउपालिका बाटै छथर क्षेत्रमा सामाजिक सुरक्षा बितरण गर्नका लागी पहल सुरु भई सकेको गाँउपालिका प्रमुख तिगेलाले बताउनु भयो । बैकबाट सामाजिक सुरक्षा बितरण भए सँगै यहाँका जेष्ठ नागरिक तथा शरिरिक अबश्था कम्जोर भएकाहरुले तेह्रथुमको बसन्तपुरबाट सेवा लिनु पर्ने बाध्यता रहँदै आएको छ ।


