बिदेशीलाई ओलीको कडा चेतावनी,- हामी मिलेर बसेका छौ बिथोल्ने प्रयास नगरियोस (भिडियो सहित)

काठमाडौँ, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वैदेशिक रोजगार व्यवसाय थप व्यवस्थित, मर्यादित र सुरक्षित हुनुपर्ने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही असार ३० गते हुने महाधिवेशनका लागि संयुक्त व्यावसायिक समूहको उम्मेदवार घोषणा कार्यक्रममा उहाँले मुलुकमा रोजागारीको अवसर सिर्जना गर्न सके युवाले कामका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य हुने धारणा राख्नुभयो । पूर्वप्रधानमन्त्री ओलीले मुलुकभित्र पर्याप्त रोजगारीका अवसर नभएका अवस्थामा वैदेशिक रोजगार व्यवसायीले रोजगार व्यवस्थापनमा गरेको योगदानले राष्ट्रको अर्थतन्त्रमा टेवा पुगेको बताउनुभयो । संयुक्त व्यावसायिक समूहले नेता ओली र नेकपा (माओवादी केन्द्र) का नेता लेखराज भट्टको उपस्थितिमा रोहन गुरुङको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । समूहका प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना, द्वितीय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, तृतीय उपाध्यक्षमा शुक्र पाख्रिन, महासचिवमा नरेश गेलाललगायत रहनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖