आर्थिक अबस्था कमजोर भएका कारण १० बर्ष देखि खोरमा बस्न बाध्य, उद्दार-सहयोगको अपिल

धनकुटा खबर, असार २९ । परिवारको आर्थिक अबस्था कमजोर भएका कारण मानसिक र शारिरिक रुपमा अपांगता भएका धनकुटाका एक युवक बिगत एक दशक देखि खोरमा थुनिएर बसेका छन् ।

धनकुटा नगरपालिका तीन सिप्तङ्गटोलका १८ बर्षीय रुद्रबहादुर राई १० बर्षदेखि टहरो नजिकैको खोरमा थुनिए उद्धार र उपचारको पर्खाइमा छन् ।

बाल्यकालमा छिमेकसम्म हिडडुल गर्नसक्ने राइको उमेर बढ्दै गएपछि हातखुट्टा चल्न छाडेको हो । केही वर्षअघि घरमा पालिएको सुँगुरले दायाँ कान खाइदिएपछि सुस्त भएका बाबु मानबहादुरले बताउनुभयो ।

उनी शारिरिक र मानसिक अबस्था कमजोर बन्दै गएपछि अबिभावकले खोरमै छोडेर घरको काम र मेलापात जाने गरेका छन् ।

विपन्नताका कारण खर्च अभावमा उपचार गराउँन सदरमुकामको अस्पतालसम्म पनि पुर्याउन नसकिएको उनकी आमा गंगा मायाँ राईले जानकारी दिनुभयो ।

राईले नेपाल सरकारबाट मासिक दुई हजार रुपैयाँ निर्वाहभक्ता भने पाउँदै आएका छन् ।

सहयोग गर्न चाहनुहुने सहयोगी मनहरुको लागि बिबरण यस प्रकार छ;

बैंकः- राष्टिय बाणिज्य बैंक धनकुटा शाखा
नेपाल पत्रकार महासंघ धनकुटा शाखा को खाता नं. – २०१०००५५५४१० (201000555410)

सम्पर्कः
नामः- नारायण कुमार राई
फोन नं.- ००९७७ ९८६-२१९५६४४

(धनकुटा खबर टीमको अनुरोध :- सके सहयोग गर्नुहोस् नसके यो पोष्ट सक्दो शेयर गर्नुहोस् – धन्यबाद)

पूर्व प्रकाशित समाचार -> शारिरिक रुपमा अपांग धनकुटाका यी युवक विगत १० बर्ष देखि खोरमा 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।