एनआरएनए युकेको महासचिब पदमा कर्मा पहाडी शेर्पाको उम्मेद्वारी

काठमाडौ, २९ असार । आगामी सेप्टेम्बर ९ मा हुन लागेको एनआरएनए युकेको निर्वाचनमा कर्मा पहाडी शेर्पाले महासचिवको उम्मेदवारी दिने भएका छन् ।

असार २९ गते,सञ्चारकर्मीहरुमाझ उनले उम्मेद्वारी दिने बताएका हुन् । अहिले युकेमा बस्ने धेरै नेपाली दाजु-भाई दिदि-बहिनीहरुले एनआरएनए युकेको विभिन्न पदमा आ-आफ्नो उम्मेद्वारी दिदै गर्दा, सबै साथी भाईले यसको आवस्यकता ठाने सबैको मिलोमतोमा आफ्नो प्यानल बन्न सक्ने बताएका छन ।

शेर्पा वर्तमान नेपाल आदिबासी जनजाति बेलायतका महासचिब हुन् भने बिगतमा युके देखि युरोप सम्म विभिन्न संघ संस्था र राजनीतिक पार्टीका महासचिबको जिम्मेवारी निर्वाह गर्दै विश्व जनमुक्ति मंचका संयोजकका जिम्मेवारि सम्हाली सकेका छन ।

शेर्पाले आफ्नो कामले संस्थालाई सबैले अपनत्व महसुस हुने संस्थाको विश्वास गर्ने व्यक्ति भएता पनि आवस्यकता परे बुदागत रुपमा आफ्नो घोषणापत्र सार्वजानिक गर्ने बताएका छन् । शेर्पा संचारकर्मी पनि हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।