बाढीपीडितको पीडामा नेवा: पुच: यूएईको साथ, दोस्रो चरणमा ५१ हजार १११ रुपैयाँ सहयोग

सचिन्द्र श्रेष्ठ,युएई। भोटेकोशी तथा रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेवा: पुच: यूएईले दोस्रो चरणको राहत सहयोग हस्तान्तरण गरेको छ।

विपदमा परेका नेपाली नागरिकलाई तत्काल राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले नेवा: पुच: यूएईले सञ्चालन गरेको संस्थागत राहत संकलन अभियान अन्तर्गत रु. ५१ हजार १११ सहयोग रकम नेवा: देय् दबु केन्द्रीय कार्यालय, काठमाडौंमार्फत सम्बन्धित पीडित तथा सरोकारवाला निकायसम्म पुर्‍याउने उद्देश्यले हस्तान्तरण गरिएको हो।

उक्त सहयोग रकम नेवा: देय् दबुका केन्द्रीय अध्यक्ष रश्मिला प्रजापतिलाई नेवा: पुच: यूएईका प्रमुख संरक्षक प्रमोद श्रेष्ठ, उपाध्यक्ष सुनिलमान श्रेष्ठ तथा सदस्य रजिना जोशी श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिएको थियो।

नेवा: पुच: यूएईले बाढीपीडितका लागि यसअघि नै पहिलो चरणको राहत सहयोग समेत उपलब्ध गराइसकेको छ। पहिलो चरणअन्तर्गत १ हजार २२५ दिराम (करिब रु. ५० हजार) राहत रकम संकलन गरी नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईमार्फत सम्बन्धित निकायसम्म पुर्‍याइएको थियो।

यसपटकको दोस्रो चरणको सहयोग भने नेवा: समुदायको छाता संगठन नेवा: देय् दबु केन्द्रीय कार्यालयमार्फत पीडितसम्म पुर्‍याउने उद्देश्यले प्रदान गरिएको हो। संस्थाले आगामी दिनमा पनि तेस्रो चरणअन्तर्गत अन्य सम्बन्धित तथा विश्वसनीय निकायहरूसँग समन्वय गरी राहत सहयोगलाई निरन्तरता दिने जनाएको छ।

नेवा: पुच: यूएईले विपद्को यस कठिन घडीमा राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग र योगदान पुर्‍याउने सम्पूर्ण सहयोगी मन, व्यक्ति तथा संघसंस्थाप्रति हार्दिक आभार व्यक्त गरेको छ।

संस्थाका महासचिव कुमार बलामीका अनुसार विपद्मा परेका नेपालीहरूको पीडा साझा पीडा भएकाले पीडितहरूको घाउमा सकेसम्म मलम लगाउने उद्देश्यले उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा सक्रिय व्यक्ति तथा संघसंस्थासँग निरन्तर समन्वय, सहकार्य र हातेमालो गर्दै अघि बढ्ने संस्थाको प्रतिबद्धता रहेको छ।

नेवा: पुच: यूएईले प्रवासमा रहे पनि मातृभूमिमा आइपरेको विपद्प्रति आफ्नो सामाजिक दायित्व र मानवीय संवेदनालाई आत्मसात् गर्दै राहत तथा सहयोग अभियानलाई संस्थागत रूपमा निरन्तरता दिने जनाएको छ।

“मानवता, सहकार्य र एकताको भावनाले नै विपद्को कठिन घडी पार गर्न सकिन्छ,” भन्ने सन्देश सहित नेवा: पुच: यूएईले सबैलाई यस्ता मानवीय अभियानमा आ–आफ्नो क्षमता अनुसार सहयोग गर्नसमेत आग्रह गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।