कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन : नेता सिंह

पोखरा, असार ३१ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकले अर्कोलाई गाली गलौज गर्ने प्रवृत्ति त्यागेर सबै एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

नेपाली काँग्रेसका नेता रामहरि जोशीको असामयिक निधनमा कास्की काँग्रेसद्वारा आज यहाँ आयोजित शोक सभामा बोल्दै नेता सिंहले स्थानीय तहको निर्वाचनमा सोचे जस्तो परिणाम नआए पनि प्रदेश तथा केन्द्रीय तहको निर्वाचनमा पार्टीलाई पहिलो स्थानमा स्थापित गर्न सबैको सामूहिक प्रयासको खाँचो औँंल्याए ।

उनले नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको र काँग्रेसकै नेतृत्वमा संविधानको कार्यान्वयन र संस्थागत विकास गर्न पार्टीको काँधमा गहन जिम्मेवारी थपिएको बताए ।

नेता सिंहले व्यवस्था परिवर्तनका लागि हुने आन्दोलनमा सबै राजनीतिक दल एक भएझैं आर्थिक समृद्धि र विकासका लागि पनि सबै राजनीतिक दलको एकता अपरिहार्य भएको धारणा राखे ।

उनले काँग्रेसका नेता स्व रामहरि जोशीले देखाएको बाटो अवलम्बन गरे मात्रै उनीप्रति सच्चा श्रद्धाञ्जलि गरेको ठहर्ने विचार व्यक्त गरे ।

यसअघि कास्कीका पार्टी सभापति कृष्ण केसीले स्व रामहरि जोशीको योगदानमाथि प्रकाश पारेका थिए ।

सो कार्यक्रममा काँग्रेसका नेता चन्द्र भण्डारी, दीपक गिरी, एनपी साउद, शङ्कर भण्डारी र पार्टीका कार्यकर्ता सहभागी थिए । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।