मान्छेको उमेरको कारण पनि आउँदैन रातमा निन्द्रा !

एजेन्सी । मानिसहरु कोही साँझ पर्न नपाउँदै उँग्न थाल्छन् भने कसैले अनिदै रात कटाउँछन् । यदि तपाइलाई पनि यस्तै हुन्छ भने यसको कारण बडो अनौठो छ ।

हालै गरिएको एक अध्ययन अनुसार यसको जिम्मेबार तपाइका पूर्वज अर्थात पुर्खा हुन् । क्यानडाको टोरन्टो विश्वविद्यालय र अमेरिकाको नोयडा विश्वविद्यालयका शोधकर्ताले मिलेर गरेको अध्ययनले यस्तो नतिजा दिएको हो ।

सोधकर्ताहरु भन्छन्, सयौं वर्ष पहिले जब रातमा हाम्रा पुर्खाहरु राति सुत्थे, त्यहिँ केही सदस्यहरु जनवरबाट आक्रमण नहोस् भनेर उनीहरुको सुरक्षाका लागि जाग्राम बस्ने गर्थे अहिले हामीमा त्यहि बानी परेको हो ।

यो सोध विशेषगरी तान्जानियामा शिकार गर्ने जनजाति समुदायमा गरिएको हो जहाँ उनीहरुको सपनाको पनि अध्ययन गरिएको थियो । सोधका क्रममा यि मानिसहरुलाई २० देखि ३० वटा समूहमा विभाजन गरिएको थियो ।

शोधकर्ता टिमका लिडर डेविड सैमसनले भने, २ सय घण्टाको विश्लेषणमा रातमा जाग्राम बस्ने मानिसहरु १८ मिनेट मात्रै सुते । दिउँसो पुरुष र महिलालाई छुट्टाछुट्टै राखिएको थियो । उनीहरु फलफुल टिप्न र शिकार खेल्न जंगल गए । राति सबै मिलेर आगो बालेर नजिकै सुत्थे । तर उनीहरुको जिन्दगीमा पूर्वजको आनीवानी भन्दा खासै परिवर्तन देखिएन ।

निन्द्र लाग्ने र नलाग्ने बानी ४० देखि ७० प्रतिशत आफ्ना पूर्वजसँग र बाँकी वातावरण र उमेरले प्रभावित हुने यसअघि पनि एउटा सोधले पनि निश्कर्ष निकालेको थियो ।

सोधकर्ताले यो पनि पत्ता लगाएकी निन्द्रालाई सबैभन्दा बढी प्रभाव पार्ने चिज मान्छेको उमेर पनि हो । यसका अलावा वातावरण र अन्य चिजले पनि सुत्ने बानीलाई प्रभावित गर्दछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।